रक्तदान गर्दै रक्तदाता

हेटौँडाः हेटौँडा–१७, हटियामा भएको रक्तदान कार्यक्रमा २७ जनाले रक्तदान गरेका छन् । शुक्रबार हटिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा २७ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा ७ जना महिला र २० जना पुरुषले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । अब बागमती गाउँपालिका–७, फापरबारीमा रहेको युवा रेडक्रस सर्कलले पुष ४ गते र पालुङ्गमा रहेको पालुङ्ग वहुउदेश्य सहकारी संस्थाले पुष ९ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अहिले केन्द्रमा सबै ग्रुपको रगत रहेकोमा ‘ए’ पोजेटीभ रगतको अभाव रहेको सापकोटाले जानकारी दिनुभयो ।