सीताराम कार्की ।

हेटौंडाः जिल्ला खेलकुद विकास समिति रामेछापको अध्यक्षमा सीताराम कार्की नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले कार्कीलाई सोमबार खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

सदस्य–सचिव लामाले नवनियुक्त अध्यक्ष कार्कीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ । यसअघि २ वर्षे कार्यकाल रहने व्यवस्था रहेकोमा अहिले ४ वर्षको कार्यकाल रहने उहाँले बताउनुभएको छ । प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलुकद विकास नियमावली, २०७६ (संशोधन सहित) को नियम (३) उप नियम १ (क) मा भएको व्यवस्था बमोजिम ४ वर्षका लागि कार्कीलाई रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको छ । सदस्य–सचिव लामाले नवनियुक्त अध्यक्ष कार्कीले नियम कानूनको रहेर काम कारवाही गर्ने विश्वास व्यक्त गर्नुभयो ।