हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ स्थित महेन्द्र माध्यमिक विद्यालयको शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग गरिएको छ । कक्षा–१० मा अध्ययनरत विद्यार्थीका शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग गरेको हो । आगामी पुस महिनाको १२, १३ र १४ गते हुने शैक्षिक भ्रमणका लागि रुद्राक्ष समाज नेपालले शुक्रबार महेन्द्र माध्यमिक विद्यालयका कक्षा–१० मा अध्ययनरत विद्यार्थीका लागि १० हजार रुपैयाँ सहयोग गरेको प्रधानाध्यापक कुमार लामाले जानकारी दिनुभएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक सविन दहाललाई सहयोग स्वरुप १० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको रुद्राक्ष समाज नेपालका अध्यक्ष पुरुषोत्तम ठकुरीले जानकारी दिनुभएको छ । विद्यालयको नेपाली माध्यममा अध्ययनरत करिब ४० जना विद्यार्थी शैक्षिक भ्रमणमा जान लागेको उहाँले बताउनुभयो । भ्रमणको क्रममा इन्धनको खर्चको समयमा केही टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो । ३ दिनसम्मको शैक्षिक भ्रमणमा पोखरा, घलेगाउँ र बन्दीपुरको भ्रमण गराइने उहाँको भनाई छ ।
भ्रमणको माध्यमले विद्यार्थीको बाहिरी ज्ञान र क्षमताको विकास हुने तथा बाहिरी कुरालाई मूल्याङ्कन गराउने उद्देश्यले लिएको उहाँले प्रष्ट पार्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरमान श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष भोलाराम शिकारी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।