हेटौँडा फुटबल एकेडेमीको महिला टिम ।

हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा तेस्रो संस्करणको सेन्ट्रल कलेज महिला फुटबल प्रतियोगिता सुरू भएको छ । शनिबार चितवनको रत्ननगर नगरपालिकामा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी पराजित भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरको हेटौँडा फुटबल एकेडेमी आयोजक रत्नप्रिय क्लबको महिला टिमसँग ५–० गोलअन्तरले पराजित भएको हो । रत्ननगर नगरपालिकाको टिकौलीचौरमा सुरू भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । महिला खेलाडीको विकास गर्न तथा महिला खेलाडीलाई प्रवद्र्धन गर्न क्लबले विगत ३ वर्षदेखि रत्ननगरमा प्रतियोगिताको आयोजना गर्दै बताइएको छ ।

‘पर्यटन, कृषि तथा खेलकुद हुन् पूर्वाधार, रत्ननगर पालिकाको विकासको आधार’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसीर २९ हुनेछ ।