सदस्यलाई भोट हाल्दिन आग्रह गर्न सकिन्छ ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले मोतिबिन्दु भएका २ सय जना मानिसको शल्यक्रिया गर्दैछ । आँखा शिविर कार्यक्रममा आँखा परीक्षण गराउँदा मोतिबिन्दु देखिएका व्यक्तिहरुको निशुल्क आँखा शल्यक्रिया गर्न लागिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालले गत सोमबारदेखि आँखा शिविर कार्यक्रम आयोजना गरिएको थियोे । छुट्टाछुट्टै ठाउँमा बुधबार र बिहीबार आयोजित शिविरमा आँखा परीक्षण गराएका ७५ जनामा मोतिबिन्दु भएको भेटिएको छ । बुधबार मकवानपुरको बागमती गाउँपालिकामा दुई छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको आँखा शिविरमा ४० जनामा मोतिबिन्दु भेटिएको छ । राईगाउँ र फापरबारीमा आयोजना गरिएको कार्यक्रममा ३ सय २८ जनाले आँखा परीक्षण गरेका छन् । राईगाउँमा एक सय ३३ जनाको आँखा परीक्षण गर्दा १० जनामा मोतिबिन्दु भएको भेटिएका हुन् । फापरबारीमा एक सय ९५ जनाको आँखा परीक्षण गर्दा ३० जनामा मोतिबिन्दु भएको भेटिएका छन् ।

यस्तै बिहीबार हेटौंडा–३, नम्बर वडा कार्यालयको प्राङ्गानमा आयोजित शिविरमा ४ सय एक जनाले आँखा परीक्षण गराउँदा २७ जनामा मोतिबिन्दु भएको भेटिएको छ । सोही दिन मनहरीमा आयोजित शिविरमा एक सय ३० जनाले आँखा परीक्षण गराउँदा ८ जनामा मोतिबिन्दु भएको भेटिएको छ । मकवानपुर, बारा, सिन्धुलीमा आँखा शिविर आयोजना गरिएको थियो । जसमा एक हजार १५ जनाले आँखा परीक्षण गराएका छन् । बिहीबार आँखा शिविर समापनसँगै शुक्रबार र शनिबार मोतिबिन्दु भेटिएका २ जनाको आँखा शल्यक्रिया गर्न लागेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।