हेटौंडाः हेटौंडा अस्पतालमा कात्तिक महिनामा २३ जना किशोरी आमा बनेका छन् । २० वर्षभन्दा कम उमेर विवाह गर्नु÷गराउनु नेपालको वर्तमान कानुनले दण्डनीय अपराध ठह¥याएको छ । तर, मकवानपुरमा उमेर नपुगी बालविवाह र किशोरीहरु आमा बन्ने क्रम भने रोकिएको छैन ।

हेटौँडा अस्पतालमा कात्तिक महिनामा मात्रै २ सय ९७ गर्भवतीले शिशुलाई जन्म दिँदा उमेर नपुगी २३ किशोरीले शिशुलाई जन्म दिएका छन् । हेटौंडा अस्पतालका मेडिकल सुपरभाइजर हरिश मल्लकाअनुसार एक सय ९७ सामान्य, ६ जटिल र ९४ गर्भवतीको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको थियो । चालु आर्थिक वर्षको साउनमा मात्र २६ जना, भदौमा १९ जना र असोजमा १२ जना किशोरी आमा बनेका थिए ।

गरिबी र अशिक्षाका कारण मकवानपुरका ग्रामीण क्षेत्रमा अझै बालविवाह नरोकिएको उहाँको भनाई छ । मकवानपुरको विकट राक्सिराङ, कैलाश, इन्द्रसरोवर, मकवानपुरगढी, मनहरी, बैकया, बागमती गाउँपालिकासँगै हेटौँडा उपमहानगरपालिका समेतमा बालविवाहको हटस्पट हो । यस्तै हेटौंडा उपमहानगरभित्रका ग्रामीण वडामा पनि बालविवाह रोक्न सकिएको छैन ।