सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–११, गोल्पिङटारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो २ बजेर ३० मिनेटको समयमा घरको माथिल्लो तल्ला थप्नका लागि पिल्लर बनाउने कामका लागि फलामको रड छतमा तान्ने क्रममा ११ हजार भोल्टेजको तारमा छोएर करेन्ट लाग्दा ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका मियालाई उपचारका लागि चुरेहिल अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा दिउँसो ३ बजेको समयमा डाक्टरले मियाको मृत्यु भएको घोषणा गरेको प्रहरीेले जनाएको छ ।