सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–८, दारीमबासमा नेपाल विद्युत प्राधिकरणको ११ हजार भोल्टेजको हाइटेन्सन लाइन चुँडिएर भुँईमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मुत्यु भएको छ । यस्तै एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

शुक्रबार बिहान साढे ७ बजेको समयमा मनहरी गाउँपालिका–८, दारीमबासका ३८ वर्षीय मंगल सिंह प्रजाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही ठाउँकी ४० वर्षीया इन्द्रमाया मगर घाइते भएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।