हेटौँडाः मकवानपुर उद्योग वाणिज्य संघको अधिवेशन आगामी पुस २४ गते हुने भएको छ । अधिवेशनबाट संघको नयाँ कार्यसमिति समेत चयन गरिने संघका कार्यकारी निर्देशक सुजन सुवेदीले जानकारी दिनुभयो । कृष्ण कुमार गुप्ताको अध्यक्षतामा गत बुधबार बसेको संघको विशेष बैठकले अधिवेशनको मिति तय गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघमा आजीवन सदस्य २७४ जना रहेका छन् । यस्तै वस्तुगततर्फ १४, एसोसिएटतर्फ ५१, वाणिज्यतर्फ ४८२, उद्योगतर्फ २०८ र बहुराष्ट्रिय कम्पतिर्फत ३ सदस्य छन् । अधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव एक एक जना, सचिव ३ जना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष एक एक जना र सदस्य २० जना निर्वाचित गर्नेछ । निर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।