सांकेतिक तस्वीर ।

हेटौँडाः धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–३, इजारामा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीय रामजी थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार साँझ ६ बजेर ५० मिनेटको समयमा थापा आफ्नै घर पछाडि लडिरहेको अवस्थामा फेला परेका थिए । थापालाई उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी लगिएकोमा बेलुका ७ बजेर १५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाकारी दिएको छ । अनुसन्धानका क्रममा थापा मुटु रोगको बिरामी रहेका पाइएको प्रहरीले उल्लेख गरेको छ ।