हेटौँडाः हेटौंडा–५ स्थित अब्बलडाँडा शान्तिपथ टोल विकास संस्थाको अध्यक्षमा तेश्रो कार्यकालका लागि अभिमन्यु गौतम नै चुनिनुभएको छ । संस्थाको शनिवार हेटौंडामा सम्पन्न १२ औँ अधिवेशन तथा २३ औँ वार्षिक साधारणसभाबाट पुनः गौतमकै अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनिएको हो ।
संस्थाको उपाध्यक्षमा भूमिनन्द गौतम, सचिवमा रजनी पौडेल, सहसचिवमा विष्णुप्रसाद दाहाल, कोषाध्यक्षमा पंकज वाग्ले तथा सदस्यहरुमा नृपेन्द्र लम्साल, रचना आचार्य, मिना चौलागाईं, केशव चौलागाईं, बिमला बोगटी र प्रल्हाद घिमिरे चयन भएका छन् । अधिवेशनले विभिन्न ५ उपसमितिहरु पनि सर्वसम्मत चयन गरेको छ ।
लेखा समितिको संयोजकमा गुरुप्रसाद ओझा र सदस्यमा नारायण बुढाथोकी, ऋण समितिको संयोजकमा सुभद्रा घिमिरे र सदस्यहरुमा मुनु ढुंगेल र मन्दिरा पराजुली, स्वास्थ्य समितिको संयोजकमा इन्दिरा कोइराला र सदस्यहरुमा चन्दा लम्साल र सावित्री ढकाल सल्लाहकार समितिको संयोजकमा रन्जिता सिलवाल र सदस्यहरुमा सरस्वती दाहाल, बुद्धि श्रेष्ठ, पुरुषोत्तम पराजुली र पद्मा पौडेल तथा शिक्षा समितिको संयोजकमा अरुण पराजुली चयन हुनुभएको हो ।
यो समितिमा भने २ जना सदस्य मनोनित गर्न बाँकी रहेको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिनुभयो । समितिको कार्यकाल २ वर्षको हुनेछ । यसअघि संस्थाका अध्यक्ष अभिमन्यु गौतमको सभाध्यक्षता तथा वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थामा आवद्ध ज्येष्ठ सदस्य, एसईईमा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका छोराछोरी, असल कारोबारी, उत्कृष्ट बचतकर्ता लगायतलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।