भोला चौलागाई, इन्चार्ज कोरोना आइसोलेशन वार्ड हेटौंडा–४, कर्रा

हेटौंडा–४ कर्रास्थित श्रमिक माविमा हेटौंडा अस्पतालले आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमणको आशंका गरिएका र संक्रमित दुबै अवस्थाका व्यक्तिलाई उपचारका लागि भनेर आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो । हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेशन वार्डमा हेटौंडा उपमहानगरपालिकासँगै जिल्लाका सबै पालिकाको साथ र सहयोग रहँदै आएको छ । आइसोलेशन वार्डको अवस्था, सञ्चालनमा भएका समस्यालगायत विषयमा समृद्ध समाज दैनिकका संवाददाता सुसन लामिछानेले आइसोलेशन वार्डका इन्चार्ज भोला चौलागाईसगँ कुराकानी गर्नुभएको छ ।

समाजः आइसोलेशन वार्डमा के कति संख्यामा उपचाररत छन् ?
चौलागाईः बुधबारको मितिमा आईसोलेशन वार्डमा ५ जना कोरोना कोभिड–१९ को संक्रमण पुष्टि भएका र दुई जना कोरोनाको संकास्पद गरी जम्मा ७ जनाको उपचार भईरहेको छ ।

समाजः अहिले स्वाब संकलन कार्य दैनिक कति भईरहेको छ ?
चौलागाईः स्वाब संकलन हरेक दिन करिब २० जनाको हराहारीमा गरिराखेका छौं । कहिले १० जना कहिले १२ जना, १५ जनाको स्वाब संकलन भईराखेको छ । केही दिन अघि त्यो संख्या बढी थियो । पछिल्लो दिनमा आएर संख्या घटिरहेको छ ।

समाजः अहिले आईसोलेशन वार्डको व्यवस्थापन कसरी भईरहेको छ ?
चौलागाईः आईसोलेशन वार्डको खासगरी बागमति प्रदेश सरकार अन्तर्गतको हेटौंडा अस्पतालले सु–व्यवस्थापन गरिरहेको छ । आईसोलेशन वार्ड हेटौंडाको कर्रामा रहेको छ । हेटौंडा अस्पतालले सञ्चालन गरेको भएदेखि मकवानपुर जिल्लका सबै स्थानीय तहहरुका साथसाथै विभिन्न गैरसरकारी संघ, संस्थाहरुको सहयोगमा चलिरहेको छ । मूलतः यहाँको कर्मचारी व्यवस्थापन, केही प्राविधि कर्मचारी, सामग्रीहरु हेटौंडा उपमहानगरपालिकाबाट सहयोग प्राप्त भएको छ । सशस्त्र प्रहरी बलबाट सुरक्षा सहयोग प्राप्त भएको छ । खर्चको कार्य हेटौंडामा रहेका विभिन्न सहयोगी मनहरुले साथसाथै स्थानीय तहहरुले पनि सुरक्षा दिईरहेको छ ।

समाजः अहिले शौचालय र खानेपानी व्यवस्थापन अलि छैन भनेर बाहिर आईराखेका छन् नि ?
चौलागाईः यो वास्तवमा अस्पताल होइन । विद्यालय हो । यहाँहरु सबैलाई थाहा नै छ । यिनीहरुले आफ्नो लागि शौचालय बनाएको थियो तर अहिले कोभिडको सन्दर्भमा अलग–अलग शौचालय चाहिन्छ । धेरै वटा शौचालय चाहिन्छ भन्ने हिसाबले यो वर्षात भईरहेको पनि कोभिड–१९ सन्दर्भमा रहिरहन्छ भन्ने पूर्वानुमान नगरीएको कारणले २–३ महिना हो अब केही फरक पर्दैन । त्यो हिसाबले शौचालयको छाना हाल्यो । अरु सबैकुरा व्यवस्थापन गरियो । अहिले वर्षातको समयमा पानी आएपछि समस्या आएको छ । तर संक्रमित सबैको लागि होइन केहीको लागि हो । खासगरी महिलाहरुको लागि समस्या छैन । संक्रमितको लागि होईन जोे संकास्पद बसेका छन् । उनीहरुका लागि समस्या छ ।

समाजः विद्यालय खुल्ने कुरा पनि आएको छ । विद्यालय खुल्यो भने आईसोलेशन सर्छ कि सर्दैन ?
चौलागाईः यो उच्च तहको व्यवस्थापकीय कुरा हो । यद्यपी हेटौंडा अस्पतालले सयौैं संख्यामा आधारमा भाडा तिरेर विद्यार्थीलाई पढ्ने शिक्षालयमा पठनपाठन सुरुमा गरेमा उनीहरुको पठनपाठन मध्यनजर गरेर हेटौंडा अस्पताल बागमति प्रदेश सरकारले विद्यँलयमा आईसोलेशन सञ्चालन गरेर ५०० जना विद्यार्थीलाई बाधा नहोस् भन्नेमा सचेत नै छ । यसको व्यवस्थापमा उच्च तहको समिति छलफल गरिराखको जस्तो होला ।

समाजः अहिले जिल्लामा करिब–करिब ३२ जनामा कोरोनाको संक्रमण पाईएको छ । उनीहरुमध्ये अधिकांश निको पनि भए घर फर्किका छन् । उनीहरुको फलोप अप कसरी भईरहेको छ ?
चौलागाईः खासगरी कसैकसैलाई खबर गरेर तपाईको अवस्था कस्तो छ ? घर जाँदा कुनै पनि समस्या भयो भने तुरुन्त सम्पर्क गर्नुहोला भन्ने गरेका छौं । हाम्रो सम्पर्क नम्बर दिएर पठाएका छौं । हिजो संक्रमण देखिएर निको भएका सबै व्यक्तिहरुको अवस्था अहिले राम्रो छ । हामीले पनि फोन गरेर उनीहरुको अवस्था बारे सोधिरहेको छौं । उनीहरुले केही समस्या आएको छैन एकदम ठिक छौं भनेका छन् ।

समाजः मकवानपुर जिल्लमा यही अवस्थामा आईसोलेशन बेड थाप्नुपर्ने हुन सक्छ ?
चौलागाईः अहिलेकै संख्यामा आईसोलेशन बेड थाप्न समस्या देखिदैन । अब यो संक्रमण घटिरहेको देखिन्छ । अन्य देशको संक्रमित हेर्न सकिन्छ र अहिले हाम्रै देशको संख्या देख्दाखेरी सङक्रमित घटिराखेको छ । दोस्रो मकवानपुर जिल्लामा कम्तीमा बाहिर ५ वटा आईसोलेशन वार्ड सञ्चालन गर्ने । मनहरी, भीमफेदी र बकैया गाँउपालिका तथा थाहा नगरपालिकामा आइसोलेशन सञ्चालन गर्ने निर्णय पनि गरेको र त्यहा“ आईसोलेशन माग पनि भएको र क्वारेटाइनहरु पनि सञ्चालन भईरहेको छ । अब यहाँ तत्कालको संख्या हेरेर आईसोलेशन बेड थप्न आवश्यकता लाग्दैन ।

समाजः आईसोलेशन वार्डबाट स्वाब नमुना परीक्ष्ँण गरेर प्रयोगशाला पठाएको नतिजा समयमा आउँछकी अहिले पनि ढिलाई हुने गरेका छन् ?
चौलागाईः अहिले प्रयोगशालाको रिपोर्ट समयमै आउँछ । खासगरी जेठको दोस्रो हप्ता र तेस्रो हप्ता निकै समस्या भएको थियो । पहिले रिपोर्ट आउन हप्ता दिन नै लाग्ने अवस्था थियो अहिले समय नै आउँछ ।

समाजः आईसोलेशन वार्डमा सुधार गर्नुपर्ने पक्षहरु के–के छन् ?
चौलागाईः आईसोलेशन वार्डमा सुधार गर्नुपर्ने पक्ष्ँहरु लामो समयसम्म सञ्चालन हुँदा पहिलो कुरो ठाउँ परिर्वतन गर्नुपर्‍यो । यो विद्यालयमा सञ्चालन गरेर हुँदैन । यही रहने हो भने शौचालय व्यवस्थापन गर्नुपर्‍यो । पानी जम्ने समस्या छ । वर्षाको पानी बगेर जाने व्यवस्था पनि मिलाउनु जरुरी छ ।

समाजः मकवापुरका स्थानीय तहहरु आईसोलेशन वार्डसँग कसरी समन्वय गरिरहेका छन् ?
चौलागाईः मकवानपुरको आईसोलेशन वार्डमा समन्वय गरेर काम नगर्ने अहिले तत्कालको लागि राक्सिराङ गाउँपालिका हो । उहाँहरुसँग खासै सहकार्य छैन । उहाँ ५ जनालाई मात्र सेवा दिएका छौं । प्रत्यक्ष रुपमा मकवानपुरगढी गाउँपालिका, कैलाश, बकैया र बागमती र भिमफेदी, ईन्द्रसरोवर गाउँपालिकाले पर्याप्त रुपमा समन्वय र सहकार्य गरिरहेको छ । केही गाउँपालिकाले आफैं खर्च गर्ने र केहीले आवश्यक समाग्री उपलब्ध गराउने भइरहेको छ ।