हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै मन्त्रीहरुहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । आज एक कार्यक्रमका बीच मुख्यमन्त्री कार्यालयमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । मन्त्रीहरुसँगको कार्यसम्झौता प्रदेशको नयाँ अभ्यासको थालनी भएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।

संघीय सरकारले सुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक अभ्यास गर्न लागेको बताउनुभयो । प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्ने गरी एक वर्षको काम गर्ने प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

कार्यसम्पादन सम्झौताले प्रदेश सरकारलाई नैतिक दबाव पर्ने बताउनुभयो । प्रदेश सरकारका मुख्यमन्त्रीले मन्त्रीहरुसँग गर्नुभएको सम्झौताअनुसार नै मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग र सचिवले मातहतका विभाग तथा कार्यालय प्रमुखसँग सम्झौता गर्ने बागमती प्रदेश सरकारका प्रमुख सचिव तोयम रायले जानकारी दिनुभएको छ ।