दुर्गाप्रसाद न्यौपाने, कृषि शाखा प्रमुख, हेटौंडा उपमहानगरपालिका

कृषिको आधुनिकीकरण संघीय, प्रदेश र स्थानीय तीनै सरकारको प्राथमिकताको मुद्दा बन्ने गरेको छ । तर, कृषिमा अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । कृषिमा भइरहेको लगानी पनि उपलब्धि सँग मेल खाने अवस्थामा पुगेको छैन । पछिल्लो समय अनुदानका कार्यक्रम पनि व्यापक छन् । हेटौंडा उपमहानगरपालिकाले पनि चालु आर्थिक वर्षमा कृषिका ८० प्रतिशत योजना सम्पन्न भएको जनाएको छ । यसै सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख दुर्गाप्रसाद न्यौपानेसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाको कृषितर्फ ८० प्रतिशत परियोजना सम्पन्न भयो भनिएको छ । हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षमा कृषिका प्रमुख उपलब्धी के–के भए ?
न्यौपानेः हेटौंडा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा कृषिमा विभिन्न कार्यक्रमहरु थिए । ती मध्ये हामी मुख्य उपलब्धिको रुपमा नगरभरी यूएनडीपीसँगको सहकार्यमा ७१ वटा प्लास्टिक टनेल निर्माण गरेका छौं । त्यसपछि अर्काे महत्वपूर्ण कुरा भनेको नगरका विभिन्न ६ वटा स्थानहरुमा माटो परीक्ष्ँण शिविर सम्पन्न गरेका छौं । त्यसले माटो गुणस्तर कस्तो हो र त्यसको कुन खालको बालीबाट लगाउन मिल्छ भन्ने जानकारी पाएका छौं । माटोको गुणस्तर कसरी बढाउन सकिन्छ भन्ने बोरमा जानकारी लिएका छौं । त्यसै हामीले कृषि सिँचाई अन्तर्गत करिब ३५ लाख बजेटबाट २६ वटा समूह सहकारी मार्फत सिँचाई कार्यक्रमहरु सम्पन्न गरेका छौं । त्यसैगरी मूल्य शृंखला कायम गर्ने प्रयास पनि गरेका छौं । दुईवटा वडामा तरकारी उत्पादन प्रदर्शनी कार्यक्रम भएको छ । त्यसैगरी फलफुल र घाँस नर्सरीको २ वटा कार्यक्रमहरु गरेका छौं ।

समाजः हेटौंडा उपमहानगर क्षेत्रमा कुन–कुन क्षेत्र कुन–कुन कृषि बाली उपयुक्त छन् भन्ने पहिचान गरिएको छ ?
न्यौपानेः सामान्यतया हामीले यसअघि पनि सविक जिल्ला कृषि विकास कार्यालय हँदाखेरी पनि पहिचान भईसकेका स्थानहरु पनि छन् । हामीले अहिले माटो परिक्षण काम गर्दा कृषकहरुले लगाएका बालीहरुको स्थलगत निरिक्षणबाट हेटौंडाको वडा नम्बर १६, १७ र १८ को तल्लो खेतीयोग्य भू–भागहरुमा धानखेती, तरकारी खेती, नगरको पश्चिमतर्फ पदमपोखरीमा मकै ब्लक, धान खेती र यो हेटौंडा–१९ नम्बर त्यसैगरी ६ नम्बर ७ नम्बरको केही भू–भागहरुमा तरकारी खतीको लागि योग्य छ । त्यसैगरी फलफुलको लागि पनि जस्तो अहिले हेटौंडा–१८ मै मेवाका लागि पहिचान भएर मेवाको खेती सुरुवात भएको छ ।

समाजः उपमहानगरमा कृषिका कार्यक्रम न्यून र सीमित क्षेत्रमा भईराखेको देखिन्छ । कृषिलाई व्यावसयिक बनाउने र बृहत बनाउने जस्ता कार्यक्रम बन्न नसकेको हो की यसलाई नै हामीले पर्याप्त मान्यौं ?
न्यौपानेः पर्याप्त मानेको हुँदैन होइन । किनभने हामीकहाँ पहिलो कुरो यसको मुख्य समस्या के हो । त्यतातिर पहिचान गर्नुपर्छ । हाम्रो हेटौंडा उपमहानगरपालिकामा पहिलो समस्या भनेको जनशक्तिको समस्या हो । प्राविधिक जनशक्ति पहिलो प्राथमिकता राखेर काम गर्नु अवश्यकता छ । प्राविधिक जनशक्ति हुँदाखेरीमा कृषि क्ष्ँेत्रलाई अगाडि बढाउन सहज हुन्छ र नगरपालिका हरेक किसानको घरघरमा आएका अनुमति पनि प्राविधिक उपस्थितिबाट नै जनाउन सकिन्छ । त्यसले गर्दाखेरी प्राविधिक जनशक्ति बढाउने र उहाँहरुलाई व्यावसायिक उन्मुख गराउनका लागि स्थलगत तालिम दिने सचेतनाका कार्यक्रमहरु गर्न सक्यौं भने व्यावसायिकतातिर उन्मुख हुन्छ । हामीले अहिलेसम्मकै सहयोगबाट र उहाँहरु केही युवा साथीहरु विदेशबाट सिकेर आएका केही यहीँ तालिम लिएका अरुको देखासिकीमा पनि अहिले व्यावसायिक रुपमा कृषि कर्म गर्ने कृषकहरु वृद्धि भईरहेको पाएका छौं ।

समाजः हेटौंडा उपमहानगरपालिकाले कृषि प्राविधिकहरु नियूक्त गर्न सकेको छैन । कृषिमा जनशक्ति नियुक्तिमा किन बेवास्ता गरिएको ?
न्यौपानेः मुख्यतः मैले शाखागत जिम्मेवारी लिइसकेपछि मेयर, उपमेयर लगायत जनप्रतिनिधीहरुले पनि यी कुराहरु उठाइरहनुभएको छ । उहाँहरुले पनि यसको प्राथमिकताको साथ काम गर्नका लागि अग्रसरता देखाएका छौं । तर अहिले के छ भने जनशक्ति गर्ने कानुनले पनि केही बाधाहरु गरेको अवस्था देखिन्छ । यो मुलुक संघीयता गएपछि कृषि ज्ञानकेन्द्र लगायत स्थानहरुमा चाही जनशक्ति थुप्रिएर बसेको स्थानीय तहमा पठाई नसकेको कतिपय दरबन्दी सिर्जना भएर पनि नियुक्त नगरिएको अवस्था छ । अहिले भइरहेका जनशक्तिहरु समायोजनबाट आउनु भएको पनि सजिलो हुन्थ्यो । यसले गर्दाखेरी अलि कानुनी रुपमा नै बाधा अड्चन भएको छ कि जस्तो लाग्छ ।

समाजः आगामी आर्थिक वर्षका लागि पनि कृषिमा उल्लेखनीय कार्यक्रमहरु राखेको देखिँदैन । कृषि शाखाले आगामी आर्थिक वर्षका लागि के कस्ता राम्रा कार्यक्रमहरु समावेश गरेको छ ?
न्यौपानेः चालु आर्थिक वर्षमा कोरोना भाइरस (कोभिड–१९) को समस्या देखियो । त्यसले गर्दाखेरी संघीय सरकारबाट आउने अनुदान पनि कम भएको र त्यसैगरी उपमहानगरको आम्दानीको स्रोतहरु पनि खुम्चिएको अवस्थामा जति बजेट हाम्रो आर्थिक विकास क्षेत्र कृषि तथा पशुमा चाही सिलिङ्ग प्राप्त भएको छ त्यसैबाट हामीले सकेसम्म उच्चतम सदुपयोग गर्दै हाम्रोअपेक्षा हरु हासिल गर्ने देखिन्छ । हामीले प्रत्यक्ष्ँ किसानलाई नै लाभ गर्ने किसिमका कार्यक्रमहरु ल्याउन हाम्रो बजेटले जति भएको छ त्यो अनुसार नै कार्यक्रमहरु बनाएका छौं । मुख्य कार्यक्रम भन्नुपर्दा हामीले आगामी वर्षको लागि यो अर्गानिक खेती कार्यक्रमलाई नै प्रर्वद्धन गर्ने कार्यक्रम छ । त्यसैगरी मूल्य शृंखलाको कार्यक्रमहरुलाई जोड दिएका छौं । उपभोक्ता र कृषकबीचको दूरीलाई कम गर्नको लागि हामीले सङ्कलन र विक्री केन्द्र स्थापना गर्ने, त्यसैगरी सिचाईका कार्यक्रमहरु उत्पादनमा प्रभाव पार्छ । त्यसका लागि सिँचाईको कार्यक्रम पनि प्राथमिकता साथ राखेर योजना बनाएका छौं ।

सामजः उपमहानगरपालिकाले प्लटिङलाई निषेध गर्ने र उत्पादनलाई बढाउने कुरा गर्दै बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने भनेको छ । तर उपमहानगरले प्लाटिङ् हुन अप्रत्यक्ष रुपमा रोकिएको छैन । उपमहानगरपालिकाले भन्ने र गर्ने व्यवहार फरक परेको हो ?
न्यौपानेः त्यस्तो होइन । उपमहानगरपालिकाले त प्लटिङ सुविधा दिएको छैन । कृषिभूमिलाई प्लटिङ गर्ने, बाँझो राख्ने अथवा किनबेच गर्ने छुट दिएको छैन । तर अंशबण्डाको मँध्यमबाट प्लटिङका क्रियाकलाप भने नगन्य संख्यामा भइरहेका छन् ।

समाजः उपमहानगर क्ष्ँत्रमा कृषिका समस्या के–के हुन् ?
न्यौपानेः कृषि प्रवद्र्धनमा प्राविधिक जनशक्तिको अभाव नै प्रमुख समस्या हो । त्यसपछि कृषि क्ष्ँेत्रमा काम गर्ने किसानहरुलाई नै सचेतना गर्नुपर्छ । त्यसपछि उहाँहरुका लागि उत्पादनका लागि आवश्यक मल, बीउ समयमा दिन सक्नु पर्छ । त्यसैगरी सिँचाईमा सहयोग गर्न सक्नुपर्छ । उत्पादन भएका कृषिउपजलाई बजारसम्म लैजाने व्यवस्था गर्न सक्यो भने पक्कै पनि निर्वाहमुुखी कृषि व्यावसायिक कृषितर्फ उन्मुख हुनेछ ।