सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ स्थित बात्सला माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेको एकेडेमीमा रहेका ६ जना किशोरको पहिरोमा परेर मृत्यु भएको छ ।

शनिबार बिहान विद्यालयमा जोखिम हुने अनुमान गरी सुरक्षित स्थानमा सार्न खोज्दा ४० जनाको समूहबाट छुट्टिएर फरक बाटो हुँदै निस्किएका ६ जना किशोर पहिरोमा परेका थिए । उनीहरुको शव शनिबार साँझ ५ बजेको समयमा निकालिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभएको छ ।

“साँझ ५ बजेको समयमा छ जनाकै शव भेटिएको छ । सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी चिलुवालले समृद्ध समाजसँग भन्नुभयो, “शवको पहिचान हुन सकेको छैन ।”