हेटौँडाः हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी सडकखण्ड पनि अवरुद्ध भएको छ । शुक्रबार दिउँसो १ बजेर १० मिनेटको समयमा ईन्द्रसरोवर गाउँपालिका–३, रामचन्द्र भञ्जाङमा पहिरो खसेसँगै उक्त सडकखण्ड अवरुद्ध भएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो । अहिले पहिरो हटाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यसअघि कान्तिलोकपथ पनि बन्द भएको छ । मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार नै बिहिबार साँझदेखि वर्षा भइरहेको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।