हेटौँडाः मकवानपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज सोमबार समूह चरणको ४ खेल हुँदैछ । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा दुई र हेटौँडा–११ स्थित सिमलटार खेलमैदानमा दुई खेलहरु हुनेछन् ।

गौरीटार रंगशालामा पहिलो खेल न्यू डाँफे युवा क्लब र गोर्खा ब्वाइज क्लबबीच हुनेछ भने दोस्रो खेलमा एफसी मल्टिभिजन र न्यू कम्वाइन क्लब आमनेसामने हुनेछ । यस्तै सिमलटार खेलमैदानमा पहिलो खेल प्रतिभा युवा क्लब र एफसी चाइनाक्वार्टरबीच हुनेछ भने दोस्रो खेल पदमपोखरी युथ क्लब र ७ नम्बर फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।