फाइनल प्रवेश गरेको काठमाडौंको फ्रिडम फाइटर भेट्रान्स टिम ।

हेटौँडाः काठमाडौंको फ्रिडम फाइटर भेट्रान्स हेटौँडामा जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनल खेलमा सर्लाहीको हरिवन भेट्रान्सलाई १०–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फ्रिडम फाइटर फाइनल प्रवेश गरेको छ । पहिलो हाफ ४–० ले पछि परेको हरिवन दोस्रो हाफमा थप ६ गोल व्यहोर्दै फराकिलो अन्तरले पराजित हुन पुगेको हो ।

मंगलबार हुने फाइनल खेलमा उपाधिका लागि फ्रिडम फाइटरले झापाको पूर्वेली भेट्रान्ससँग खेल्नेछ । आइतबार भएको पहिलो समीफाइनल खेलमा जीतपुर–सिमरा उपमहानगरपालिकाको नवजनजागृति भेट्रान्स सिमरालाई १–० गोलले हराउँदै झापाको पूर्वेली भेट्रान्स फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोकृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ, सर्वोकृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र फरर्वाडले ५–५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् ।