file foto

हेटौंडाः कक्षा १२ को ग्रेडवृद्धि मौका परीक्षामा एक सय २२ जना विद्यार्थी अनुपस्थित भएका छन् । मंगलबार र बुधबार दुई दिन सञ्चालन भएको ग्रेडवृद्धि मौका परीक्षामा पहिलो दिन ८० जना र दोस्रो दिन ३८ जना गरी एक सय २२ जना विद्यार्थी अनुपस्थित भएका हुन् ।

मौका परीक्षामा दुई हजार पाँच सय ५३ जना विद्यार्थी सहभागी भएका छन् । पहिलो दिनको परीक्षामा एक हजार आठ सय ७१ जना विद्यार्थी सहभागी भएका थिए भने दोस्रो दिन आज छ सय ८२ जना विद्यार्थी परीक्षा सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका कम्प्युटर सहायक अजित दवाडीले जानकारी दिनुभयो । बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन भएको परीक्षाका लागि मकवानपुरमा ५ वटा केन्द्र निर्धारण गरिएको थियो ।

परीक्षाका लागि हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माध्यमिक विद्यालय, हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र हेटौंडा क्याम्पस गरी ५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । मौका परीक्षामा एकजना विद्यार्थी दुईवटा विषयसम्म ग्रेडवृद्धि मौका परीक्षा दिने व्यवस्था गरिएको थियो ।

गत बैशाखमा सम्पन्न कक्षा–१२ को नियमित परीक्षामा मकवानपुरबाट नियमिततर्फ पाँच हजार छ सय नौं जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये दुई हजार नौं सय ५० जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएका थिए भने अनुत्तीर्ण हुनेको संख्या २ हजार ६ सय ५९ रहेको थियो ।