यो हप्ता बालेन साहको पोष्टले सर्वाधिक चर्चा पायो । एमालेसम्बद्ध बागमती प्रदेश सभा सदस्य रेखा शर्माले आठ वर्षदेखि एउटा नाबालक कामदारलाई घरेलू हिंसा र दैनिक कुटपिट गर्दे आएको छ । महानगरले दुई महिनादेखि सरकारलाई कार्वाहिका लागि भन्दै आएको, तर केही पनि कारबाही भएको छैन । अदालतले मुद्दा चलाउनु भनिसकेको छ । सम्मानीय प्रधानमन्त्री ज्यू भन्दै बालेनले तपाईको सुशासनको अर्थ बालिकाको मृत्यूपछि गोहिको आँसु झार्दै समवेदना प्रकट गर्ने एकलाख घोषणा गर्ने हो ? समात्ने कि नसमात्ने ? भन्दै बालेनले गरेको यो पोष्ट अहिले गायब भएको छ । सरकारले नै हटायो भन्ने आरोप एकथरिको छ । बालेनले पोष्ट रिभ्यू गर्न अनुरोध गरेपछि फेसबुकले माफि माग्दै पोष्ट फिर्ता गरेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्ने ट्रेण्ड नै चल्यो । केपी ओलीको ६ लाख ६२ हजार फलोअरबाट घटेर ५ लाख ८९ हजारमा झ¥यो । यता बालेनको भने २० लाखबाट बढेर २१ लाख पुग्यो । सामाजिक सञ्जालको यो ट्रेण्डले बालेनको लोकप्रियता सहज रुपले बुझ्न सकिन्छ । आखिर केपी ओली किन बालेनसँग सिंगौरी खेलिरहन्छ । स्वतन्त्र मेयर बालेन केपीका लागि किन चुनौतिपूर्ण बन्दैछन् । यो बढो गम्भीर विषय भएको छ । केपी ओलीलाई कतै स्वतन्त्र मेयरको क्रेज बढ्दा दलहरुप्रति धृणा पैदा हुने हो कि भन्ने मनोविज्ञानले पनि काम गरेको हुनुपर्छ । स्वतन्त्र उम्मेदवारले क्रस गर्ने कुरो दलीय नेतालाई अपच हुन्छ नै । अहिले बालेनको क्रेज आक्रमक ढङ्गले बढेको छ । केपी ओली प्रधानमन्त्री हुँदा सुकुम्बासी गरिवलाई बालेनले देखी नसहेको आरोप लगाए । नदि किनारामा अतिक्रमितरुपमा रहेको बस्ती खाली गराउन बालेनलाई तात्कालिन केपी सरकारले असहयोग गरेको थियो । सुकुम्बासीको प्लाष्टिक छाप्रा भत्काउन महानगरको डोजर जान्छ, कर्कलो फाँड्न बन्चरो बोक्ने भन्ने केपी ओलीको आक्रोश थियो ।

बालेन निरन्तर चर्चामा आईरहन्छन् । संघीय सरकारका पूर्वाधार मन्त्री रघुवीर महासेठको काम ढिलासुस्ती हुँदा सडक कार्यालय अगाडि फोहरको थुप्रो थुपार्नेदेखि सिंहदरबार जलाउनेसम्मका अभिव्यक्ति चर्चाको शिखरमा रह्यो । सिंहदरबार जलाउने अभिव्यक्तिले सरकार बालेनलाई कार्वाहि गर्न अग्रसर नभएको होईन तर पछि हच्कियो । बालेनको फ्रेण्ड फलोईङ देख्दा सरकारलाई मनोवैज्ञानिक दबाव परिरहन्छ । एउटा प्रधानमन्त्री मेयरको पछि किन लाग्या होला ? न्युरोडको पेटी बनाउने कुरामा समेत सरकारले हस्तक्षेप ग¥यो । बेला बेलामा ओली बालेनप्रति रोष प्रकट गरिरहन्छन् । पत्रकारको प्रश्नमा समेत ओली बालेनलाई गएर सोध्नुस् भन्छन् । ओलीसँग तिक्तत्ताकै कारण बालेन ले गीरिबन्धु टि स्टेट प्रकरण उठाए । यिनले गिरिबन्धु ‘टि’ मा जसरी सट्टाभर्ना लिन खोजेका १०१ कम्पनीको नाम सार्वजनिक गरेका थिए । कम्पनिको पहिलो नम्बरमै ‘केपी ओलि ट्रस्ट’को नाम थियो ।

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गरी बेच्न दिने भनेपछि अरु कम्पनिले गिरिबन्धु जसरी नै छुट र सट्टापटा पाउनुपर्ने निवेदन हालेको बालेन्द्रको दावी थियो । यसरी सबै कम्पनिलाई हदबन्दिको छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को रहेको सम्भावना आँकलन गरिएको छ । यसरी बालेन साहले यो पोष्ट सार्वजनिक गरेपछि केपी ओलीको क्याम्पमा ठूलो तरंग देखा प¥यो । त्यसपछि त बालेन र केपी ओली बीचको तिक्तत्ता झन् झन् घनिभूत हुँदै गयो । वर्तमान सरकार निर्माण हुनेबितिकै बालेनले शेरबहादुर र केपी ओलीको तस्वीर सार्वजनिक गर्दै “काले–काले मिलेर खाउँ भाले” भन्दै कटाक्ष गरे । प्रचण्ड सरकारले भष्टाचारको फाईल खोल्ने तयारी गरिरहेको खासगरी भुटानी शरणार्थी र टिकापुर जग्गा प्रकरणमा भाउजुमाथि नै निगरानी रहेको समाचार सम्प्रेषण हुन थालेपछि रातारात केपी ओलीलाई सत्ताको चाबी सुम्पने काम भएको घटनाले देखाउँछ ।

भष्टाचारको काण्ड ढाकछोप गर्न दुई ठुला दल सरकार निर्माण गर्न सहमत भएको आशंका सर्वत्र छ । बालेन्द्र साहले प्रतिकात्मकरुपमा यिनको मिलन माथि प्रश्न उठाएका छन् । पछिल्लो बालेनको पोष्ट हटेपछि बालेन माथि आक्रमण भैराखेको छ भारतीय एजेण्टसम्मका पगरी थोपरेका छन् एमालेका कार्यकर्ताले । रेखा शर्माको विवादले एमाले कार्यकर्ता उग्र देखिएपछि सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन बालेनले केपी ओलीलाई सुझाव दिएका थिए । कुनैबेला मेयर भएपछि बालकोट पुगेका बालेनलाई केपी ओलीले तबला उपहार दिएका थिए । तबला उपहार पाएका बालेन र ‘बा’ बीच कस्ले कस्लाई कतिबेला बजाउने होडबाजी नै चलेको छ ।

मुलुकमा राजनीतिक दलहरुको विकल्प खोज्ने क्रममा बलियो वैकल्पिक राजनीतिक शक्तिको अभाव देखिँदा गएको स्थानीय निर्वाचनमा काठमाडौं, धरान, धनगढी जस्ता ठाउँमा स्वतन्त्र उम्मेदवारले मेयरमा विजय प्राप्त गरे । दलीय उम्मेदवारहरु पराजित हुँदा देशभर एउटा सन्देश प्रवाह भयो जनता, विकल्प खोज्दैछन् भन्ने । बालेनबाटै उत्प्रेरित भएर राजनीतिको अन्डर करेण्ट बुझेका रबि लामिछाने स्वतन्त्र नाम राखेर पार्टी गठन गरे । गठन भएको तीन महिनामै संसदमा चौथो शक्तिको रुपमा पार्टी स्थापित भयो । यसमा बालेनको जितले ल्याएको तरंग र उत्प्रेरणा, जनताले विकल्प खोजिराखेको मनोविज्ञानलाई ऐन मौकामा छाम्न सक्ने खुबी र बुझाई नै हो । जुन रबिले फलाम तातेको बेला हिर्काए । छोटो अवधि मै स्वतन्त्र पार्टीको टेष्ट जनताले गरिसके । त्यसबारे यो लेखमा चर्चा मुनासिब नहोला । अब मात्र एकपटक बालेन साहप्रतिको विश्वास र यो क्रेजलाई जनताले हेर्न खोजिराखेका छन् ।

एउटा स्वतन्त्र मानिस आफ्नो व्यापक फ्रेण्ड फ्लोईङ भएकै कारणले आठ लाख संगठित सदस्य भएको पार्टीको नेतासँग ठोकिन सक्छ भने उसले दलसहित नयाँ विचार बनाएर अघि बढे कस्तो हलचल आउला ? अनुमान मात्र गर्न सकिन्छ । प्रधानमन्त्री जस्तो गरिमामय पदको मानिसले मेयरको पछि लागेर खेद्नू अशोभनीय कार्य हो । बालेनका पनि थुप्रै कमजोरी नभएको होईन । भावावेशमा दिईने कतिपय अभिव्यक्ति अराजक छन् । उनका शैलीगत कमजोरी नभएका होईनन्, छन् । तर पनि चारित्रिक स्वच्छताको आधारमा बालेनको उचाई माथि छ । आगामी दिनमा बालेन कसरी अघि बढ्लान प्रतिक्षा विषय रहेको छ । तर जसरी ओली ‘बा’ बालेनसँग पौँठेजोरी गर्न उद्दत देखिए यसले ‘बा’ कै शाखमा क्षति पुगेको छ । दुई ठूला दल सरकारमा छन् ।

संसदीय व्यवस्था भएको मुलुकमा पहिलो र प्रमुख प्रतिपक्षीमा भएको दल मिलेर सरकार बनाउँदैन । यो अस्वाभाविक गठजोड हो । विपक्षको स्पेस खाली भएको वर्तमान अवस्थामा सरकार बिरुद्ध जनमत निर्माण हुँदा नयाँ शक्तिको उदय हुन सक्छ । त्यो शक्ति बालेन नहोला भन्न सकिन्न । माओवादी, राप्रपा, जनमत, स्वतन्त्र पार्टी यि कांग्रेस, एमालेको विकल्पमा आउन सक्छन् या यि भुमिकाविहिन भए दुई ठूला दलमै जनता ध्रुवीकृत हुन सक्छन् । वा ‘बा’ देउ ‘वा’ नानीका ‘बा’ सब सोत्तर हुन सक्छन् । हेरौं कसरी अघि बढ्छ आगामी राजनीतिक दिशा ।…अस्तू ।।।