फाइल तस्वीर ।

हेटौँडाः शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षकको विषयगत परीक्षामा ६७ प्रतिशत परीक्षार्थी उपस्थित भएका छन् । बागमती प्रदेशबाट परीक्षा आवेदन फारम भरेर पहिलो चरणको परीक्षा उत्तीर्ण गरेका तीन हजार आठ सय ३२ जनामध्ये ६७ प्रतिशत परीक्षार्थी उपस्थित भएका हुन् ।

परीक्षामा दुई हजार छ सय पाँच जना परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी शाखा अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ७ वटा विद्यालयमा १५ वटा परीक्षा केन्द्र तोकिएको थियो । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि, हेटौँडा–५ स्थित बालज्योति मावि, हेटौँडा–२ स्थित सिद्धार्थ मावि, हेटौंडा–११ त्रिभुवन मावि, हेटौंडा–६ स्थित बंशगोपाल मावि र हेटौंडा–९ स्थित प्रगति माविमा परीक्षा केन्द्र तोकिएको थियो ।