हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तिले एक घरमा क्षति पुर्याएको छ । शनिबार राती साढे ९ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीस्थित माइला चेपाङको घरमा हात्तिले क्षति पुर्याएको हो । प्रहरी, स्थानीय र मध्यवर्ती क्षेत्र पर्सा पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोलीले घटनाका बारेमा बुझेका थिए ।
हात्तिले माइला चेपाङको जस्ताले छाएको काठको एक तले घर आंशिक रुपमा क्षति पुर्याए पनि मानवीय र चौपाया क्षति नभएको बताइएको छ । हात्ति शनिबार राती नै जंगलतर्फ फर्किएको मकवानपुुर प्रहरीले जानकारी दिएको छ ।