हेटौँडाः हेटौँडा–१०, बसपार्कमा धारिलो हतियार दाउको प्रहारबाट हेटौँडा–१, चाइनाक्वाटरका ७१ वर्षीय प्रेमबहादुर कार्की घाइते भएका छन् । बिहीबार बिहान ११ बजेर ५० मिनेटको समयमा हेटौँडा–१३, पदमपोखरीका ५३ वर्षीय अर्जुन गोम्जा र कार्कीबीच विवाद भएको थियो ।
गोम्जाले दाउले प्रहार गर्दा कार्कीको दायाँ कानमा गहिरो चोट लागेको छ । कार्कीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा थप उपचारका लागि बिहिबार साँझ ५ बजेर ४० मिनेटको समयमा भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धारिलो हतियार सहित गोम्जालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।