हेटौँडाः चितवन जिल्लाको माडी नगरपालिका–७, गौरिनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय नवराज राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार दिउँसो २ बजेको समयमा राईलाई आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बगौडा अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजेर ५५ मिनेटको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।