हेटौंडाः लकडाउन खुकुलो पार्ने क्रममा संघीय सरकारले निजी सवारी साधनमा जोरविजोर प्रणाली लागु गरे पनि जोर विजोर प्रणाली पालना नगर्ने हेटौंडाका ४० वटा सवारी साधनलाई ट्राफिक प्रहरीले आज कारवाही गरेको छ ।
असार १ गतेदेखि नै जोरविजोर प्रणाली लागु भए पनि मकवानपुरको ट्राफिक प्रहरीले पहिलो पटक आज कारवाही गरेको हो । यस्तै ट्राफिक प्रहरीले मास्कको प्रयोग नगरी हिँड्डुल गर्ने ४० जना सर्वसाधारणहरूलाई मास्क लगाउन अनुरोध गर्दै सम्झाएको छ ।