Home मुख्य समाचार जोरविजोर प्रणाली पालना नगर्ने ४० वटा सवारी साधनलाई कारवाही, ४० जनालाई मास्क...

जोरविजोर प्रणाली पालना नगर्ने ४० वटा सवारी साधनलाई कारवाही, ४० जनालाई मास्क लगाउन ट्राफिक प्रहरीको अनुरोध

फाइल तस्बिर

हेटौंडाः लकडाउन खुकुलो पार्ने क्रममा संघीय सरकारले निजी सवारी साधनमा जोरविजोर प्रणाली लागु गरे पनि जोर विजोर प्रणाली पालना नगर्ने हेटौंडाका ४० वटा सवारी साधनलाई ट्राफिक प्रहरीले आज कारवाही गरेको छ ।

असार १ गतेदेखि नै जोरविजोर प्रणाली लागु भए पनि मकवानपुरको ट्राफिक प्रहरीले पहिलो पटक आज कारवाही गरेको हो । यस्तै ट्राफिक प्रहरीले मास्कको प्रयोग नगरी हिँड्डुल गर्ने ४० जना सर्वसाधारणहरूलाई मास्क लगाउन अनुरोध गर्दै सम्झाएको छ ।

Exit mobile version