हेटौंडाः नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी राजन भट्टराईलाई तोकिएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले भट्राईलाई बागमतीको इन्चार्ज तोकेको हो ।
एमालेले यसअघि फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएको थियो । हाल त्यसलाई परिवर्तन गर्दै सम्बन्धित भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको छ । बैठकले बागमतीसहित अन्य ६ प्रदेशको समेत इन्चार्ज तोकेको छ ।
बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।