रामे एक धनी परिवारको एक्लो छोरा थियो । उ कक्षा १० मा अध्ययन गर्दै थियो । ऊ कक्षामा कहिले ध्यान दिँदैनथ्यो । हल्ला नगर भनेको सुन्दैनथ्यो । शिक्षकले उसलाई कराउँदा टेर्दैनथ्यो ।

यो सर कति कराउँछ ! पढेर के हुन्छ ? मेरो बाउको सम्पत्ति छँदैछ । सरलाई के टाउको दुखाइ भनेर सोच्दै थियो । समय बित्दै गयो । उसले परीक्षा दिएर परीक्षाको नतिजा प्रकाशित भयो तर ऊ अनुत्तीर्ण भयो । उसको साथमा कोही भएन । उसलाई उसले बाउको सम्पत्ति पनि पाएन । पायो त केवल सबैबाट घृणा । त्यसपछि रामेलाई आफ्नो गुरुले भनेका कुराहरु याद आउन थाल्यो । मैले पनि गुरुको कुरा मानेको भए आज केही पढ्न सक्थेँ हुँला ।

कक्षा–९, सत्यम जेभियर्स माध्यमिक विद्यालय, हेटौँडा–४