सत्ताको यो खेल समाप्त, दुःखको वनबास होस् ।
नारी पुरुष सबै सम्मानित, चरित्रवान समाज बनोस् ।।
बाल–बालमा देशप्रेम, चरित्रको श्रृंगार होस् ।।।
मेरो देश यस्तो होस् ।।।।२

समृद्धि र सरल किसानी, कृषकप्रति सम्मान होस् ।
युवा–युवामा देशको चिन्ता, नवयुगको सुरुवात होस् ।।
शिखर–शिखरमा नेपाली झण्डा, आत्मनिर्भर नेपाल बनोस् ।।।
मेरो देश यस्तो होस् ।।।।२

आधुनिक उद्योग र अर्थ, आधुनिक विज्ञान होस् ।
धर्म–धर्ममा भाइचारा, एकताको उडान होस् ।।
सुन्दरता र एकताले, अतिथिको सम्मान होस् ।।।
मेरो देश यस्तो होस् ।।।।२

हृदयभित्र देशबासीमा, मानवताको बास होस् ।
विश्वशान्ति र समर्थनले, विश्वको कल्याण गरोस् ।।
सिंहको भाती वीरता र, दिल सबैको साफ होस् ।।।
मेरो देश यस्तो होस् ।।।।२

आँधी जस्तो जोस सबैमा, पृथ्वी जस्तो आँट होस् ।
अन्तरिक्षमा नेपाली हलो, सत्यको बाटो साथ होस् ।।
युवा–युवामा जीतको दीपक, दयावान समाज बनोस् ।।।
मेरो देश यस्तो होस् ।।।।४