१. के हो ज्ञानपार्क ? –सरल र संक्षिप्तमा,ज्ञान पार्क भन्नाले विभिन्न विषय क्षेत्र र वस्तुहरुका बारेमा जानकारी दिने रमणीय र आकर्षक स्थल भन्ने बुझिन्छ । अलि बिस्तृतमा बुझ्दा एकै कम्पाउण्ड भित्र इतिहाँस, साहित्य, भाषा,कला, सांस्कृतिक, गणित,विज्ञान, प्रविधि, खोज अनुसन्धानका तहगत तथा क्षेत्रगत आवश्यक सामग्रीहरु, स्थानिय र राष्ट्रिय पहिचानका वस्तु तथा सामग्रीहरु, मनोरंजन तथा मौलिकता झल्काउने सामग्रीहरुको आकर्षक ब्यवस्थापन र संचालन स्थल नै नलेज पार्क हो ।
२. सन्दर्भलाई यसरि जोडौं– हेटौंडा उपमहानगरमा नलेज पार्कको स्थापनासँगै प्रभावकारी संचालन तथा ब्यवस्थापन गर्ने विषयले प्रवेश पाईसकेको छ । यो विषयका परिकल्पनाकार उपमहानगरका विज्ञ सल्लाहकार डा.कृष्ण प्रसाद धिताल र यो पार्कको स्थापनाले हेटौंडाको उच्च पहिचान बनाउने बिश्वास लिनुभएका नगरप्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, नगर शिक्षा महाशाखा र नगरका आम जनप्रतिनिधिहरु एवम् शिक्षा सरोकार वर्ग संगै मिडियाकर्मीहरुका लागि यो एक ड्रिम प्रोजेक्टका रुपमा उदाएको विषय भन्दा बिमति नहोला । उपमहानगरको नीति तथा कार्यक्रममा समेत समावेश भएको यो नलेज पार्कका सबालमा पहिलो पटक २०८० साल कात्तिक १ गते आयोजित बैठकबाट वडा नं.१ का वडाध्यक्ष सबिन न्यौपानेको संयोजकत्वमा सह–संयोजकमा वडा नं.१०का वडाध्यक्ष फुर्वा दोर्जे तामा¨ सहित १३ सदस्यीय कमिटि बनि ज्ञान पार्कको अवधारणा र प्रक्रियाका एकाध पाईला अगाडि बढिसकेको स्थिति छ भन्दा अत्युक्ति नहोला । यस बीचमा उक्त कमिटिको चारवटा बैठक बसि नलेज पार्कलाई केहि गति दिने सैद्धान्तिक काम यो आर्थिक वर्षमा भएको छ ।
३. ज्ञानपार्क स्थापनार्थ यसका अवधारणा तथा विषयवस्तुहरुका बारेमा स्पष्ट बन्दै उपयुक्त स्थान लगायत प्रारम्भिक लागत समेतका शिर्षकहरुमा सुझाव संकलनकै क्रममा पहिलो चरणको कायक्रम मिति २०८१ असार १३ गते सम्पन्न भैसकेको छ । उक्त मितिमा मकवानपुर क्याम्पसका उप प्राध्यापक डा. राम प्रसाद अधिकारीले नलेज पार्कका बारेमा अवधारणा र विषय वस्तुहरु,अन्य मुलुकको स्थिति, नेपालमा यस्को अवस्था,हेटौंडामा सम्भावित स्थानहरु, लागत, संचालन तथा ब्यवस्थापनका पक्षहरुमा समेत प्रत्यक्ष अवलोकन र प्राप्त सुझावहरुलाई समेत सलंग्न गरी प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुत खाकामा थप सुझावहरु समेट्ने काम निरन्तर रहने पनि जनाईएको छ ।
४. उल्लेखित प्रस्तुतीकरणमा ज्ञान पार्क स्थापना सम्वन्धि अवधारणाका उद्धेश्यहरु अन्तर्गत सर्वप्रथम उपयुक्त स्थानका बिकल्प,पार्क भित्र रहने विधा र क्षेत्रहरुको सम्भाव्यता, अनुमानित लागत र पार्क संचांलन तथा ब्यवस्थापनका उपयुक्त बिकल्पहरु प्रस्तुत भएका छन् । संगै, अमेरिकाको अनुसन्धान त्रिकोण पार्क, सिलिकन भ्याली, क्याम्ब्रिज ईनोभेसन सेन्टर, युनिभर्सिटी सिटि साईन्स सेन्टरर टेक पाक्र्स परियोजना गरि ५ वटा, वेलायतको क्याम्ब्रिज विज्ञान पार्क,अक्सफोर्ड साईन्सपार्क, म्यानचेस्टर साईन्स पार्क, बर्मि¨घम रिसर्च पार्क र Heriot-Watt Research Park गरि ५ वटा त्यस्तै फ्रान्सका सोफिया एन्टिपोलिस, Paris-Saclay,EuraTechnologies,Technopole Brest-Iroise, Mediapolis Strasbourg गरि ५ वटा अनि चीनको Zhongguancun Science Park, सांघाई झाङजिया¨ हाईटेक पार्क, वुहान पूर्वीताल हाईटेक विकास क्षेत्र, सेन्जेन हाईटेक ईन्डस्ट्रियल पार्क र सुझाउ ईन्डस्ट्रियल पार्क गरि ५ वटा भारतको अन्तर्राष्ट्रिय टेक पार्क बैंगलोर, टेक्नो पार्क त्रिवेन्द्रम, हैदरावाद सूचना प्रविधि र ईन्जिनियरि¨ परामर्श सिटि,TIDEL Park Chennai, Software Technology Parkof India गरि ५ वटा पार्कहरु जम्मा ५ वटा विकसित देशका २५ वटा पार्कहरु लिटे«चर अन्तर्गत उल्लेख गर्दै मोडल भने हाम्रो सन्दर्भ भन्दा धेरै उच्च तहका भएको पाईयो । उल्लेखित एकै पार्क विशाल क्षेत्रमा अवस्थित जहाँ सयौं ब्यवसायिक कम्पनिहरु, विश्वविद्यालय अनुसन्धान केन्द्रहरु, प्रयोगशालाहरु, सूचना प्रविधि,जैविक प्रविधि, समुद्रि विज्ञान, दूर संचार,एआई, उर्जा तथा वातावरणीय विज्ञान,खासगरि शिक्षा र अनुसन्धानमा केन्द्रित प्रयोशालाहरु रहेको पाईयो ।
५. नेपालमा भने बनेपा स्थित आईटी पार्क र गोदावरी नलेज पार्क गरि २ वटा यो प्रकृतिका पार्कहरुमा स्टार्ट अप ईन्क्यूवेसन, सीप विकास तालिमहरु,नवप्रवर्तन तथा अनुसन्धान र सामाजिक विकासका गतिविधिहरु आदि संचालन भैरहेको छ । विश्वमा संचालित ज्ञान पार्कहरुमा समेटिएका प्रमुख विषयवस्तुहरुमा इनोभेशन, रिसर्च, डिजिटल टेक्नोलजी,विज्ञान र प्रविधि,इन्क्यूवेशन र बिजिनेस स्टार्ट अप,ईन्जिनियरि¨, ल्याव,हेल्थ, बायोमेडिकल, गणित, ईलेक्ट्रोनिक्स,डेटा सेन्टर, बायोडाईभर्सिटि कन्जरभेशन आदि रहेका छन् । यसरि ज्ञान पार्कलाई शैक्षिक मनोरंजनात्मक स्थलका रुपमा मात्र नलिई शैक्षिक अनुसन्धान केन्द्र, औद्योगिक विकास, ब्यवसायिक खोज, विशिष्ट प्रयोगशाला संग जोड्दै विश्वविद्यालयतहका प्राविधिक शिक्षा र सीपमूलक तथा ब्यवसायिक शिक्षा संचालनका केन्द्रहरु, एआई तथा आईटीका सेन्टरहरु, सिकाई केन्द्रहरु, विज्ञान तथा प्रविधि संग सम्वन्धित कम्पनिहरु समेत संचालनका क्षेत्र बनाउन सकिन्छ ।
६. ज्ञान पार्क स्थानको चयन हाम्रो प्रमुख सबाल हो । क्षेत्रफल सकेसम्म धेरै हुनु राम्रो हुन्छ । अधिकतम ब्यक्तिहरुको सहज पहुँचका लागि शहरमा सुविधा सम्पन्न र फराकिलो स्थल हुनैपर्दछ । विषयगत भिन्न भिन्न भवनमा इतिहास, गणित,भाषा,साहित्य,कला, संस्कृति,विज्ञान, प्रविधि, अनुसन्धान, सीप, तालिम, ब्यावसाय, आईटी, ल्याव, ईन्जिनियरि¨, कृषि, पशु, उद्योगका केन्द्रहरु आदि रहने भएकाले ब्यवस्थित यातायात, पर्याप्त भौतिक सुविधा, सामान्य मनोरंजन, खेलकुद, विश्रामस्थल, पार्कि¨, शौचालय, पुस्तकालय, बालमैत्री, लैगिंक मैत्री, अपा¨ मैत्री र भूकम्प प्रतिरोधि संरचनाको जरुरी हुन्छ नै । आधारभूत तह देखि उच्च शिक्षाका विद्यार्थीहरुका लागि ज्ञान पार्क आकर्षणको केन्द्र बन्नै पर्दछ । सामाजिक संग्रहालयको रुपमा स्थानिय तथा राष्ट्रिय स्तरका कला, साहित्य,संस्कृति, भाषा, भेषभुषा, प्राचिन सामग्रीहरु, फ्रयाव ल्याव,ब्यवसायिक स्टार्ट अप ईन्क्यूवेशन सेन्टर, सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संगै योग ध्यान तथा आध्यात्मिक क्रियाकलापका लागि समेत आकर्षण बनोस भन्ने हेटौंडा नगरवासीको अपेक्षा पाईयो ।
७. हेटौंडामा ज्ञानपार्क स्थापनाका लागि विभिन्न वैकल्पिक स्थान तथा मोडलहरु समेत प्रस्ताव गरिएको छ । पहिलोमा, संचालनमा रहेका विभिन्न पार्कहरु हर्नामाडी कला केन्द्र, राजदेवी गुफा, जुरेथुम पार्क, शक्तिश्वरी मन्दिर पार्क, शहिद स्मारक पार्कहरु प्रयोग गर्न सकिन्छ कि ? त्यस्तै, दोश्रोमा , हेटौंडा नगर क्षेत्र भित्रका धेरै जमिन भएका शिक्षण संस्थाहरु रोज्ने कि ? तेश्रोमा, हेटौंडा औद्योगिक क्षेत्र भित्र खाली वा बन्द रहेका स्थान पनि त होला नि ? चौथोमा, नयाँ पूर्वाधार निर्माणका लागि विभिन्न सामुदायिक वन क्षेत्रका र खाली तथा सार्वजनिक जमिन पनि बुझ्न सकिन्छ ।
८. अन्तमा, ज्ञान पार्क सिधा बुझ्दा शिक्षा संग जोडिएता पनि उद्योग, ब्यवसाय, सीप, तालिम, अनुसन्धान, कृषि, पशु, विज्ञान, आईटी, पर्यटन लगायत सबै विषयगत क्षेत्र समेटिने भएकाले समग्रमा सि उपमहानगरको प्रतिष्ठा संग जोडिएको स्विकार्नै पर्दछ । संचालन तथा ब्यवस्थापनका सबालमा नगरपालिकाले एकल तथा नीजि क्षेत्रमा वा संयुक्त रुपमा संचालन र ब्यवस्थापन गर्ने गरि प्रभावकारी मोडल बनाउन सकिने तर्फ समेत सोचहरु अगाडि आईसकेको छ । प्रदेश विश्व विद्यालयको चर्चा गरिरहँदा यो ज्ञान पार्क उक्त विश्वविद्यालयको महत्वपूर्ण आधार बन्न सक्दछ । हाम्रो नगरको उच्च पहिचानसँग जोडिएको यो ज्ञान पार्क आम नगरबासी मात्र हैन तमाम सरोकारवर्गको चासोको विषयवस्तु भएकाले पनि ज्ञानपार्क निर्माण स्थल लगायतका विषयहरुमा यहाँ थप सुझाव सल्लाहको अपेक्षा गएिको छ ।