Home मुख्य समाचार मौकामा दुनो सोझ्याउने नेतृत्व निकृष्ट हुन्छः अध्यक्ष पौडेल

मौकामा दुनो सोझ्याउने नेतृत्व निकृष्ट हुन्छः अध्यक्ष पौडेल

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल

हेटौँडाः बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मौका पर्दा आफ्नो मात्र दुनो सोझ्याउनु नेतृत्वको निकृष्टतापन भएको टिप्पणी गर्नुभएको छ । नेतृत्वले युग बदल्ने, कर्तव्य पालन गर्ने वा परिस्थितीको सामना गरेर अघि बढ्न खाज्ने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा ७ मन्त्रालय र संवैधानीक निकायहरुको बजेट माथिको छलफलमा भाग लिँदै माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष समेत रहेका पौडेलले नेतृत्व सम्हाल्ने व्यक्तिले आफ्नो मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।

‘सामान्यतया उत्कृष्ट नेतृत्वले आफ्नो समयको युग बदल्छ । महत्वपूर्ण नतृत्वले सबै परिस्थितीलाई काटेर अघि बढ्ने बाटो खोज्छ । सामान्य नेतृत्वले कर्तव्यको पालन गर्छ । आफ्नो कर्तव्य पनि थाहा नपाउने, युग बदल्न पनि नसक्ने समान्य परिस्थितीमा पनि अघि बढ्न नसक्ने मौका पर्दा आफ्नो मात्र दुनो सोझ्याउने नेतृत्व निकृष्ठ हुन्छ । को के मा पर्नुभयो आ–आफूे मुल्यांकन गर्नुस् ।’ उनले भने, ‘हाम्रो व्यवस्थामा को कति बेला सरकारमा को विपक्षमा हुन्छ टुंगो हुँदैन । दिर्घकालीन रणनीतिक योजनाको विषयमा सरकारमा भएकाले गम्भिरतापूर्वक ध्यान दिनु होला ताकी विपक्षीको बेञ्चमा बसेर नारा लगाउन नपरोस् ।’

प्रदेशमा एउट बेञ्चमा पुगेपछि जिन्दगी विग्रीए जस्तो लाग्ने र अर्को बेञ्मा पुगेपछि जिन्दगी सप्रिए लाग्ने प्रवृति निर्माण भइरहेको उहाँले बताउनुभयो । सो समस्याको केन्द्रमा पुगर खोजिगर्न नसके सरकार, प्रदेशसभा र सांसदहरुको हैसियत र जिम्मेवारीका सवालमा गम्भिर प्रश्न उठ्ने उहाले औल्याउनुभयो ।

‘असफलता हुने भनेको २ कार हो । एउटा कसैको सल्लाह नमान्नु, अर्को सबैको मान्नु । हामीमा यो प्रवृति बढी देख्छु । कहिले कसैको नि नमान्ने कहिले सबैको मान्दा अघि बढ्ने बाटो नै अवरुद्ध हुने अवस्था हुन्छ । हामीले खोजेको परिस्थिती माथी रुमलिने नेतृत्व होइन । परिस्थितीलाई नियन्त्रण गरेर नयाँ ढंगबाट अघि बढ्ने नेतृत्व हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले बजेटबाट भौतिक पूर्वाधारमा पिटिएमटी र सामाजिक विकासमा आवसिय कार्यक्रम केन्द्रीत गरेर केही संकेत गरेको देखिन्छ । सो बाहेकका अरु सबै निरन्तरता कै शिलशिला रहेको उहाँले बताउनुभयो । प्रदेशसभामा भइरहेको बहस माथी अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले मन्त्रालयको पुनः संरचना गर्नुपर्ने बताए । एक करेड ५० लाख ५० करोडको योजना बनाउन नसक्ने मन्त्रालयको मन्त्री किन हुने ? उहाँले प्रश्न समेत गर्नुभयो ।

‘नीति कार्यक्रममा महत्वकांक्षी ल्याउने अनि बजेट ५० लाख बाड्ने । अर्थमन्त्रीले सोच्नु पर्दैन । अरु मन्त्रालयको केही घटाएर रणनीतिक महत्वका क्षेत्रमा बढाउँ भन्ने लाग्दैन । कि आएको जति पचाउने मात्र हो ।’ उहाँले भन्नुभयो ।

Exit mobile version