Home खेलकुद बागमती गोल्डकप : आर्मी क्लब र नव जनजागृति भिड्दै

बागमती गोल्डकप : आर्मी क्लब र नव जनजागृति भिड्दै

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज शुक्रबार त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृति युवा क्लब भिड्दैछ । खेल दिउँसो ३ः३० बजेदेखि हुनेछ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सर्लाहीको बागमती युथ क्लबसँग पराजित भएको थियो । प्रतियोगिताको सबै खेलहरु बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भइरहेको छ । प्रतियोगिताको फाइनल खेलमा बैशाख २६ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागिता रहेको छ ।

Exit mobile version