Home कला सिद्धार्थ शिशु सदनमा नेतृत्व चयन

सिद्धार्थ शिशु सदनमा नेतृत्व चयन

रुसिका लामिछाने कक्षा–१०, सिद्धार्थ शिशु सदन मावि, हेटौँडा–५

(प्रतिवेदन)
हेटौँडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदन माविका प्रिन्सिपल निर्मल पराजुलीको नेतृत्वमा विद्यालयमा २०८१ साल असार ७ गते शुक्रबारका दिन निर्वाचन कार्यक्रम सम्पन्न भयो । यस बर्ष निर्वाचनलाई प्रभावकारी बनाउनका निम्ति विद्यालय परिसरमा निर्वाचन आयोगको कार्यालयबाट मतपेटिका, मतदानस्थल निर्माणका लागि आवश्यक सामग्रीहरू ल्याएर प्रयोग गरिएको थियो । विद्यार्थीलाई चुनावको महत्वबारे बोध गराउन विद्यालय परिवारले निर्वाचन प्रयोजनमा विद्यार्थीको सक्रिय संलग्नता जनाएका थिए । निर्वाचन सम्पन्न गरियो र विद्यार्थी प्रतिनिधि पनि छानियो ।

निर्वाचनका उद्देश्यहरू
विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेन चयनका लागि आयोजना गरिएको निर्वाचन कार्यक्रमको उद्देश्यहरू निम्न छन् ।
१) विद्यार्थीलाई निर्वाचनको प्रक्रियाबारे अभ्यास गराउन र आ–आफ्नो पदमा रही भूमिका निर्वाह गर्ने,
२) विद्यालयप्रतिको जिम्मेवारीतर्फ सजग र विद्यार्थीलाई सचेत बनाउन,
३) विद्यार्थीमा आत्मविश्वास र नेतृत्व गर्ने क्षमताको अभिवृद्धि गरी समग्र विकास गर्न,

विधिः
सिद्धार्थ शिशु सदन माविले निर्वाचना–२०८१ लाई फलदायी र लाभदायी तुल्याउनका निम्ति अपनाएको विधि यसप्रकार छन्,
सर्वप्रथम त, विद्यालयका केही प्रशिक्षकहरू निर्वाचन आयोगको कार्यालयमा पुगेर निर्वाचन प्रयोजनका लागि मतपेटिका, मतदानस्थल निर्माणका निम्ति आवश्यक सामग्रीहरू जस्तै मार्कर, डोरी, महिला र पुरुषको छुट्टा छुट्टै बुथहरू बनाइयो । प्राथमिक विधिमा व्यवस्थापन गरियो । शिक्षक र विद्यार्थीहरुलाई परिचालन गरियो अनि यसरी निर्वाचन सम्पन्न गरियो । त्यसैगरी, द्वितीय विधिमा स्थलगत अध्ययन र त्यो सँगसँगै पाठ्यपुस्तकको पनि अध्ययन गरियो । अनि निर्वाचन प्रक्रियासम्बन्धी सम्पूर्ण क्रियाकलापहरू गरियो ।

पत्ता लगाइएका कुराः
निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि निर्वाचन मण्डल गठन गरियो । त्यस निर्वाचन मण्डलमा बाल क्लबलाई समावेश गरी, निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । कक्षा–५ को विद्यार्थी प्रतिभा शर्मा, पहिलो भोटरलाई रेजा लगाएर प्रिन्सिपल ज्युको हातबाट निर्वाचन सुरु भयो । त्यसैगरी, मतपत्र वितरण गरियो र मतदान गरियो । त्यसपश्चात मतगणना गरियो अनि निर्वाचनको परिणाम घोषणा गरियो ।

Exit mobile version