Home मुख्य समाचार बागमती सरकारद्वारा १८ जना कर्मचारीको सरुवा

बागमती सरकारद्वारा १८ जना कर्मचारीको सरुवा

हेटौँडा : बागमती प्रदेश सरकारले उपसचिवसहित १८ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम समयमा विभिन्न मन्त्रालय, निर्देशनालय तथा मातहतका कार्यालयहरुमा कार्यरत १८ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

प्रमुख सचिव बाबुराम अधिकारीको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले नवौँ तह (उपसचिव) देखि पाँचौँ तहसम्मका अधिकृत र सहायकस्तरका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो । कार्यालयका अनुसार ३ जना उपसचिवसहित आठौँ तहका ४ जना, सातौँ तहका १ जना कर्मचारी रहेका छन् भने छैठौँ तहका ९ जना र पाँचौँ तहका १ जना कर्मचारी रहेका छन् । कार्यालयले प्रदेश नीति तथा योजना आयोगमा कार्यरत उपसचिव प्रतिभा पन्थीलाई प्रदेश सुशासन केन्द्र, जावलाखेलमा पठाएको छ भने उपसचिव अनिता तामाङलाई प्रदेश सुशासन केन्द्रबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय, हेटौंडाको जिम्मेवारी तोकेको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रदीपराज पौडेललाई प्रदेश सरकारी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ भने साना ठुला सवारी एकान्तकुना ललितपुरका अधिकृतस्तर आठौंमा कार्यारत अम्बिका घिमिरेलाई संस्कृति तथा पर्यटन मन्त्रालय हेटौंडा, अधिकृतस्तर आठौं सरुपा पाण्डेलाई पर्यटन कार्यालय, काठमाडौंबाट प्रदेश सुशासन केन्द्र, ललितपुर, सन्ध्या लामिछानेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश सुशासन केन्द्र, ललितपुरमा सरुवा गरिएको छ । अधिकृतस्तर आठौं लेखनाथ खतिवडालाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडाबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडामा सरुवा गरिएको छ ।

शिवप्रसाद भट्टराई (अधिकृत सातौँ) लाई यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडामा सरुवा गरिएको छ भने श्रीधर पुडासैनी (अधिकृतस्तर छैठौँ) लाई प्रदेश लोकसेवा आयोगबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडा, शिक्षा विकास निर्देशनालयका किशोर जोशी (कम्प्युटर अधिकृत, छैठौँ) लाई प्रदेश लोकसेवा आयोगमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पुरुषोत्तम मिश्रलाई प्रदेश लोकसेवा आयोगमा सरुवा गरिएको छ ।

यातायात व्यवस्था कार्यालय, साना ठुला सवारी ललितपुरका इन्द्रबहादुर कार्की (अधिकृतस्तर छैठौँ) लाई स्वास्थ्य मन्त्रालय हेटौँडामा, मुक्तिनाथ घिमिरेलाई यातायात व्यवस्था कार्यालय, काठमाडौँबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौंडा, प्रेमप्रकाश घिमिरे यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट वन तथा वातावरण मन्त्रालय हेटौँडा, जीवन कुमार बस्नेत यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय हेटौँडा, सुरेन्द्र गिरी व्यावसायिक कीट विकास फार्म, धादिङबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडा, गोविन्द दुलाल यातायात व्यवस्था कार्यालय, काठमाडौँबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौंडामा सरुवा गरिएको छ । यातायात व्यवस्था कार्यालय, चितवनमा कार्यरत कम्प्युटर अपरेटर दिपेश खनाललाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ ।

Exit mobile version