Home मुख्य समाचार अन्तर्राष्ट्रिय श्रमिक दिवस हेटौँडामा मनाइयो

अन्तर्राष्ट्रिय श्रमिक दिवस हेटौँडामा मनाइयो

हेटौँडा : १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार हेटौँडामा मनाइएको छ । प्रत्येक वर्ष मे १ को दिन विश्वभर मनाइने यो दिवस नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडामा प्रभातफेरी र सभा गरी मनाइएको छ ।

मजदुर दिवसलाई मे दिवस पनि भनिन्छ । सन् १८८६ मे १ को दिन संयुक्त राज्य अमेरिकामा भएको आमहड्तालको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइन्छ । मजदुर दिवसको अवसरमा बुद्धचोकबाट ¥याली निकालिएको थियो । हेटौँडा बजारको परिक्रमा गरी ¥याली हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो ।

‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि ः प्रविधिसँग प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने नाराका साथ मजदुर दिवस मनाइएको छ । जिफन्ट मकवानपुरका अध्यक्ष शम्भु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना मगरको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य भारती पाठक, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, संविधान सभाका पूर्वसदस्य अन्नत पौडेल उपस्थिति रहेको थियो ।

Exit mobile version