Home मुख्य समाचार राजस्व र खर्च गर्न सक्ने क्षमता बन्दा बढीको बजेट आयोः सांसद नेपाल

राजस्व र खर्च गर्न सक्ने क्षमता बन्दा बढीको बजेट आयोः सांसद नेपाल

बागमती प्रदेशसभा सदस्य उर्मिला नेपाल

हेटौँडाः बागमती प्रदेशसभा सदस्य उर्मिला नेपालले प्रदेश सरकारको बजेट राजस्व उठाउन सक्ने, खर्च गर्न सकने क्षमता भन्दा बढी रहेको बताउनुभएको छ । बजेटको प्रत्यक्ष असर भुक्तानी प्रणालीमा पर्ने उहाँको भनाई छ ।

बुधबार बसेको प्रदेश सरकारको आगाम आर्थिक वर्षको विनियोजन विधेयक माथि छलफल गर्दै उहाँले स्थानीय तहले र वडाहरुले ल्याउको जस्तो बजेट आएको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले पशुपतिमा सत्तविज छरे जस्तो बजेट आएको छ ।

बजेटलाई मन्त्रीहरुले जनताको विश्वास माथि खेलवार्ड गर्दै आफ्नो क्षेत्रमा खन्याएका उहाँको भनाई छ । उहाँले प्रदेशको १३ जिल्ला मध्ये चितवनमा बढी बजेट हालिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘प्रदेश विकासको कुल बजेटको एक चौथाई बजेट चितवनमा हालिएको छ । जनता कोही होइन जस्तो गरेर मन्त्रीहरुले बजेट हालेका छन् । मुख्मयन्त्रीले भरतपुरको प्रशासनिक भवन बनाउन सशर्त अनुदान दिनु पर्ने ।’ उहाँले भन्नुभयो, ‘मानव विकास सुचकांकमा तल परेका रुवी भ्याली तपाईकै क्षेत्रमा थिए । अरुपनि पालिकाहरु कमजोर थिए । कम आय भएका पालिका पनि थिए । विभिन्न सुचकहरुमा तल रहेका पालिका पनि थिए । भरतपुरबाहेक अरु पालिका देखिनन् । यो गम्भिर विषय हो ।’

करोडौ अनुदान सशर्त अनुदान दिन विधिसंग रुपमा पठाउने माध्यम निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । शसर्त अनुदान भवन बनाउन मुख्यमन्त्री तथ मन्त्रिपरिषदबाट विनियोजन गर्नुपर्ने हो वा अरु विषयगत मन्त्रालय छन् ? उहाँले प्रश्न समेत गर्नुभयो । केन्द्र सरकारले राष्ट्र गौरवको आयोजनाको रुपमा रहेको क्रिकेट रंगशालाका नाममा कुसी बचाउको पछाडी लागेको बताउनुभयो । प्रदेश सरकारले केन्द्रले निर्धारण गरेको योजनामा बजेट हालेर थुप्रै दायित्वहरु बोकाउने काम गरेको उहाँले बताउनुभयो । स्वार्थ केन्द्रीत क्षेत्र केन्द्रीत भएर प्रदेशमा अनावश्यक दायित्व बढाउने काम गरेको उहाँको भनाई छ ।

‘भरतपुरले ६ अर्व बढीको बजेट ल्याएको छ । भरतपुरको भवन बनाउन ८ करोड बजेट पिठाइएको छ । यो बजेट यत्ति हो भन्ने भ्रममा नपर्नु यहाँ अझै अदृश्य विषयहरु छन् । बहुवर्षे बनाएर एक अर्व बढी बजेटको स्रोत सुनिश्चितता गराई त्यो भार प्रदेशलाई बोकाउने तयारी हो । भरतपुरको क्रिकेट रंगशाला केन्द्र सरकारको लगानीमा बन्थ्यो नी । प्रदेशको बजेट अन्त खर्च गर्न पाइन्थ्यो ।’ उहाँले भन्नुभयो ।

Exit mobile version