एउटा राम नाम गरेको व्यक्ति र उसको श्रीमती एउटा गाउँमा बस्थे । उसको पारिवारिक आर्थिक अवस्था निकै कमजोर थियो । उनीहरु निकै गरिब थिए । आयआर्जन निकै कम हुने गर्दथ्यो । ऊ कामप्रति निकै इमानदार थियो । साथीहरुले उसको आम्दानी बढी नभएका कारण साहुलाई झुक्याएर पैसा धुत्न लगाउँथे । तर, उसले मान्दैनथ्यो ।
ऊ यसरी नै इमानदारिताका साथ काममा लागिरह्यो । एक दिन उसको साहु केही कामले सहर जानुपर्ने थियो । साहुले बेलुका नै निस्कनुपर्ने कुरा रामलाई बतायो । कामबाट घर फर्कने बेला फेरि एक जना व्यक्तिले उसलाई भन्यो– ‘ए राम, तेरो साहु त कामले सहर जान लागेको रहेछ । मेरो कुरा मान । साहु नभएको बेला पसलमा रहेको पैसा झिकेर सहर गएर आफ्नो परिवार राम्रोसँग पाल ।’
उक्त व्यक्तिको कुरा सुनेर रामले भन्यो– ‘आफूले १० वर्षदेखि काम गरिरहेको पसलमा मैले कसरी चोरी गर्न सक्छु, भन्नु त ?’ त्यस व्यक्तिले पनि यसलाई धेरै सम्झाउन सकिँदैन हार मान्दै आफ्नो घरतिर लाग्यो । उसको साहुले पनि त्यहीँ बसेर उनीहरुको कुरा सुनिरहेको रहेछ । आफ्नो कामदारको इमानदारिता देखेर उसलाई गर्व महसुस भयो र साहुले उसलाई चाहेको जति तलब दिने बाचा ग¥यो । आफूले साहुबाट यस्तो माया पाएकोमा रामलाई पनि गर्व महसुस भयो ।
कक्षा–१०, बालज्योति मावि, हेटौँडा–५
(नवसर्जक साहित्य चौतारी नेपालले २०८१ असार ११ गते हेटौँडामा आयोजना गरेको लघुकथा प्रतियोगितामा दोस्रो हुन सफल लघुकथा)