Home मुख्य समाचार सडकमा परेको बजेट अर्को बर्षसम्म बगाएर जाने

सडकमा परेको बजेट अर्को बर्षसम्म बगाएर जाने

हेटौंडाः बागमती प्रदेशका सांसद रत्नप्रसाद ढकालले १३ जिल्लामा प्रदेशको गौरबको आयोजना निर्माण गर्न सक्नुपर्ने बताउनुभयो । त्यस्तै ६६ वटा निर्वाचन क्षेत्रमा गुणस्तर सडक हुनुपर्ने बताउनुभयो । स्थानिय तह, वडासँग जोड्ने सडक बन्नुपर्ने भन्दै अहिलेको सडकमा परेको बजेट आगामी वर्षसम्म सडक बगाएर जाने खालको रहेको टिप्पणी गर्नुभयो ।

विदेशबाट फर्किएका युवाहरुलाई कृषिमा अनुदान र सहुलियत ऋण बढाएर रोजगारी सिर्जना गर्नेगरी बजेट आउनुपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version