Home मुख्य समाचार लोकल रक्सीलाई प्रदेश सरकारले लोकल ब्रान्डको रुपमा ल्याउनुपर्ने

लोकल रक्सीलाई प्रदेश सरकारले लोकल ब्रान्डको रुपमा ल्याउनुपर्ने


हेटौंडाः बागमती प्रदेशको विनियोजन विधेयक २०७७ माथि छलफलको क्रममा भागलिनुहुँदै सांसद लालकुमारी पुनले १३ जिल्लामा प्रादेशिक रणनितिक सडक, प्रदेशका गौरवका योजनाहरु परेका छन् की छैनन् भनेर प्रदेशका मन्त्रालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेशको एउटै जिल्लामा बहुवर्षे योजना परेको, गौरबका योजनाहरु परेको भन्दै आगामी वर्षहरुबाट सम्बन्धीत मन्त्रालयले ध्यान दिन आग्रह दिनुभयो ।

यस्तै विदेशबाट आयात गरेका ब्रान्डेड रक्सी उपयोग गरेको तर प्रदेशका १३ जिल्लाका दुर्गम स्थानमा उत्पादन गरेका लोकल रक्सीलाई प्रहरीले नष्ट गरिदिने गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारले निति लिएर नेपाली लोकल रक्सीलाई ब्रान्डको रुपमा ल्याउनुपर्ने बताउनुभयो । अहिले विभिन्न क्षेत्रमा कृषि उत्पादन नहुने स्थानमा रक्सी उत्पादन गर्दा प्रहरीले नष्ट गरेर दुःख दिएको भन्दै आगामी वर्षमा लोकल रक्सीलाई प्रदेश सरकारले स्थान दिन माग गर्नुभयो । आदबासी जनजातीहरुले मर्दापर्दा लोकल रक्सी बढी प्रयोग गर्ने, आयस्रोतको बाटो भएको हुँदा लोकल रक्सीलाई स्थान दिन उहाँले माग गर्नुभयो ।

Exit mobile version