Home मुख्य समाचार आगामी बजेट प्रदेशको सबै भूगोललाई समेटेर आएको

आगामी बजेट प्रदेशको सबै भूगोललाई समेटेर आएको

हेटौंडाः बागमती प्रदेशको विनियोजन विधेयक २०७७ को छलफलका क्रममा सांसद पशुपती चौलागाईले प्रदेशको भुगोल, अवस्था, दुर्गम र सुगम दुवै स्थानलाई समेटेर बजेट विनियोजन भएको बताउनुभयो ।

उहाँले गाउँपालिका र नगरपालिकाहरुले चालु वर्षमा मुलुक लकडाउनका कारण बजेट खर्च हुन नसक्ने बताएको भन्दै प्रदेश सरकारले के कारणले बजेट खर्च हुन नसकेको बाटो खुलाउनुपर्ने बताउनुभयो । चालु वर्षको गाउँपालिका र नगरपालिकाको बजेट खर्च नभएमा योजनाहरु अधुरै रहने भन्दै उहाँले प्रदेश सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

Exit mobile version