प्रतिनिधि छनोट कार्यक्रममा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेताहरु ।

हेटौँडाः नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनका लागि मकवानपुरबाट ४१ जना प्रतिनिधि छानिएका छन् । असार १६ गतेदेखि २० गतेसम्म हुने १० औँ महाधिवेशनमा मकवानपुरका दुई वटै निर्वाचन क्षेत्रबाट ३२ जना तथा पार्टी केन्द्रीय नेतृत्वको विभिन्न पदमा रहेका अन्य ९ जनासहित ४१ जना प्रतिनिधि छानिएका हुन् ।

खुल्लातर्फ यादव गजुरेल, तिलक अधिकारी, ध्रुव भुजेल, कबिन पन्त, दुर्गा दहाल, सफल अधिकारी रहेका छन् । यस्तै दलित तर्फबाट कल्पना बिक रहेका छन् । क्षेत्र नम्बर १ बाट पेशागततर्फ लोकनाथ दहाल, महिलातर्फबाट सीता अधिकारी, गायत्री सुवेदी र विष्णु लामा रहेका छन् । यस्तै, युवातर्फबाट किशोरकुमार टण्डन महाधिवेशनमा प्रतिनिधी छनौट भएका हुन् ।

मकवानपुरको क्षेत्र नं. २ बाट खुल्लातर्फ बिष्णु दहाल, गौतम बुद्ध लामा, जीवन लामा, कृष्ण चेपाङ, किरण मान बल, किशोर बर्तौला, टङ्क मोक्तान, रामकुमार एलन, सानुकाजी गोपाली, समीर श्रेष्ठ, यादव बर्तौला, सगुन स्याङतान, कृष्ण तामाङ रहेका छन् । यस्तै, दलित तर्फ एम मिजार रहेका छन् भने युवातर्फबाट अरुण बर्तौला, महिला तर्फबाट बेगम बराल, जुना देवी श्रेष्ठ मल्ल, लक्ष्मीकुमारी रुम्बा रहेका छन् ।

यस्तै, ट्रेड युनियन महासंघबाट नारायणप्रसाद अधिकारी र राष्ट्रिय उद्योगी व्यवसायी महासंघबाट रजनी तिवारी प्रतिनिधीमा छनौट भएका छन् । पार्टीको केन्द्रीय कमिटीमा रहेकाहरु महाधिवेशनमा स्वतः प्रतिनिधी हुने व्यवस्था अनुसार स्थायी कमिटी सदस्य ललितकुमार बस्नेत, विरोध खतिवडा, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, गोमा तिमल्सिना, रामचन्द्र बल, मीनाकुमारी लामा, राजाराम स्याङ्तान र गोविन्दराम चेपाङ प्रतिनिधीका रुपमा स्वतः रहने छन् ।