हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–३, स्थित थानाबजारबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–२, घर्तिखोलाका १९ वर्षीय मिलन वाईबा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार साँझ ६ बजेको समयमा त्रिभुवन राजपथ सडक खण्डमा हेटौँडाबाट बज्रबाराहीतर्फ आउँदै गरेको ना ८ ख १३९४ नम्बरको बसमा अवैध लागुऔषध लुकाई छिपाई ल्याएको विशेष सुचनाको आधारमा प्रहरी टोलीले खोजतलास गर्दा बसका सह–चालक वाईबाको साथबाट लागु औषध ब्राउन सुगर ३२ मिलीग्राम फेला पारेको थियो । लागु औषधसहित वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पालुङ लगिएको प्रहरीले जानकारी दिएको छ ।