Home राजनीति सांसद छन्त्यालको निधनप्रति दुःख व्यक्त

सांसद छन्त्यालको निधनप्रति दुःख व्यक्त

हेटौंडाः प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेस नेतृ ज्ञानकुमारी छन्त्यालको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाद्वारा शोक विज्ञप्ति जारी गर्दै उहाँको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको जनाएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त सम्पूर्ण परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा छन्त्याल एक राजनीतिक व्यक्तित्वमात्रै नभई सामाजिक व्यक्तित्व रहेको उहाँले ग्रामिण विकासका कार्यमा देखाउनुभएको योगदानले प्रष्ट पारेको विज्ञप्तिमा जनाइएको छ । २०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई राजनीतिक यात्रा शुरु गर्नु भएकी छन्त्यालले २०७० सालमा प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य र २०७४ सालमा समानुपातिक समावेशी प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहनु भएको थियो ।

Exit mobile version