हेटौंडाः फुटबल खेलका राष्ट्रिय खेलाडी अशोक बराललाई पत्नीशोक परेको छ । नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकको जिम्मेवारी समेत सम्हालिसकेका अशोक बरालकी पत्नी कृष्टि बरालको आज बिहान काठमाडौंमा निधन भएको हो ।

ह्वाइट ब्लड सेलको कमिका कारण अस्वस्थ रहेकी कृष्टिना केही समयदेखि उपचाररत थिइन् । घरमै रहेकी कृष्टिनाको आज बिहान अचानक स्वास्थ्यमा समस्या आएसँगै निधन भएको अशोक बरालले जानकारी दिए । कृष्टिको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कृष्टि र अशोकका एक छोरी छिन् ।