हेटौंडाः सुष्मा व्यूटी एकेडेमीबाट २ सय ५० जना व्यूटिसियन ग्य्राजुएट भएका छन् । व्युटिसियनसम्बन्धी डिप्लोमा कोर्स पूरा गर्ने १४औं समूहको रुपमा २ सय ५० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
शनिबार एक समारोहकाबीच प्रमाणपत्र वितरण गरिएको सुष्मा व्युटी एकेडेमीकी संस्थापक सुष्मा राना मगरले जानकारी दिनुभयो । मगरका अनुसार ग्य्राजुएट भएका महिलाहरुले एकवर्षे, दुई महिने तथा ६ महिने कोर्स गरेका थिए । कार्यक्रम मगरका अभिभावक कान्छी थापा मगर र श्रीराम थापा मगरको उपस्थिति रहेको थियो । यस्तै, अखिल नेपाल व्यूटिसियन संघकी प्रमुख कुमारी लामा, सौन्दर्य संगठन नेपालकी प्रमुख जुनु स्याङ्तान, नेपाल व्यूटिसियन संघकी प्रमुख साबित्री कार्की र नेपाल व्यूटिसियन संघको केन्द्रीय सदस्य तथा निवर्तमान अध्यक्ष रिना गौतमको आतिथ्य रहेको थियो । गत बर्ष एकेडेमीले एक सय भन्दा बढीलाई ग्य्राजुएट गराएको थियो ।