हेटौँडाः दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–५ स्थित चरंगे खोलामा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३२ वर्षीय राजु बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार चरंगे खोलामा पौडी खेल्न राजुसँगै ३१ वर्षीय रामकृष्ण बस्नेत र २२ वर्षीय उज्जवल लामिछाने गएका थिए । राजु खोलामा मृत अवस्थामा फेला परेपछि रामकृष्ण र उज्जवललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल दोलखा लगिएको छ ।
सिन्धुली जिल्लाको गोलोन्जोर गाउँपालिका–६, मेवाबोटेका एक जना महिला खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया चन्द्रकला हायु रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ११ बजेर ४५ मिनेटको समयमा हायु घरदेखि ५ सय मिटर उत्तरमा रहेको सुनकोशी नदिमा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर लडी नदिमा डुबेकी थिइन् । बेपत्ता हायुलाई खोजतलास गर्दै जाँदा नदिको बीच भागमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।