हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ बाट प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ ७ बजेर २० मिनेटको समयमा राक्सिराङबाट मनहरी तर्फ जाँदै गरेको पैदलयात्री बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–८ का ४२ वर्षीय नागेन्द्र महतोलाई गाँजासहित पक्राउ गरेको हो । प्रहरीले महतोको साथबाट २ केजी ७ सय ग्राम गाँजा बरामद गरेको जनाएको छ । महतोलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।