सिआन पुनस्र्थापना केन्द्रलाई पुरस्कृत गर्नेसम्बन्धमा गृह मन्त्रालयले जारी गरेको सूचना ।

हेटौँडाः मकवानपुरको सिआन पुनस्र्थापना केन्द्रलाई एक लाख राशीसहित संघीय सरकारको गृह मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । देशभरका लागुऔषध दूव्र्यसनको उपचार तथा पुनस्र्थापनाको कार्यसम्पादनका आधारमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकास्थित सिआन पुनस्र्थापना केन्द्रलाई गृहले पुरस्कृत गर्न लागेको हो ।

लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरुको सुधार तथा उपचारात्मक कार्यमा सक्रिय हेटौँडास्थित सिआनलाई गृह मन्त्रालयले पुरस्कृत गर्न लागेको हो । गृह मन्त्रालयले आइतबारको मितिमा एक सूचना जारी गर्दै बागमती प्रदेशबाट सिआन पुनस्र्थापना केन्द्रसँगै गण्डकी प्रदेशबाट बाग्लुङ जिल्लाको नयाँ जीवन पुनास्र्थापना केन्द्रलाई पनि एक लाख राशीसहित पुरस्कृत गर्ने जनाएको छ । दुव्र्यसनमा फसेका युवालाई परामर्श तथा उपचार र सशक्तीकरणमा सक्रिय सिआन देशैभरीमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले छनोट गरेको हो ।

गृह मन्त्रालयले अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवसको अवसरमा आगामी असार १२ गते (जुन २६) मा पुरस्कार वितरण गर्नेछ । सिआनका संचालक सौजन डिसिका अनुसार सिआन पुनस्र्थापना केन्द्रमा अहिले ५० जनाले उपचारात्मक सेवा लिइरहेका छन् । सिआनले उपचार र परामर्शसँगै जीविकोपार्जनका विभिन्न क्रियाकलापहरु संचालन गरी युवा सशक्तीकरणको काम गरिरहेको डीसीले बताउनुभयो । कृषि तथा हस्तकलाका विभिन्न कार्यक्रमहरु संचालन गरी सिआनमा उपचाररत युवालाई आर्थिक उपार्जनको क्षेत्रमा सक्रिय बनाउने काम गरिरहेको उहाँको भनाई छ ।