प्रदर्शनीमा उत्रिएका राप्रपा मकवानपुरका नेता, कार्यकर्ताहरु ।

हेटौंडाः राप्रपा मकवानपुरले हेटौंडामा मंगलबार प्रदर्शन गरेको छ । सरकारले निर्माण गरेको क्वारेन्टाइन व्यवस्थापन राम्रो गर्नुपर्ने, पिसिआर टेष्टको दायरा बढाउनुपर्ने लगायतको माग राख्दै राप्रपाले हेटौंडाको बुद्धचोकमा कोणसभाको आयोजना गरेको हो । कोणसभामा बोल्दै राप्रपा मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य मधु अधिकारीले सरकारले गफ मात्र गरेको बताउनुभयो ।

नेपालमा महिलामैत्री क्वारेन्टाइन नहुँदा महिलाहरु क्वारेन्टाइनभित्रै आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले विदेशबाट आफ्नो देश आउन चाहने नागरिकको मागको समेत बेवास्ता गरेको भन्दै राप्रपा नेता अधिकारीले दुख व्यक्त गर्नुभएको छ ।