हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी तथा स्वामित्व नखुलेका वेवारिसे सवारी साधनहरु लिलाममा बिक्री गरेको छ । आइतबार उक्त वेवारिसे १ सय ५९ सवारी साधन १९ लाख ४३ हजार ९ सय ३४ रुपैयाँमा एक सप्लायर्सलाई बिक्री गरिएको हो ।
तालुक प्रहरी कार्यालयको आदेशानुसार जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा रहेका चार पाङ्ग्रे दुई वटा र दुई पाङ्ग्रे १ सय ५५ सवारी साधन लिलाममा बिक्री गरिएको हो । उक्त वेवारिसे सवारी साधनहरु लिलाम बिक्रीका लागि गत बैशाख ७ गते बोलपत्र आह्वान गरिएको थियो । जसमा हेटौंडा–२ स्थित रेड राइजिङ सप्लायर्सले सबैभन्दा बढी रकम तिरेपछि लिलाम बिक्री स्वीकृत गरिएको जनाइएको छ ।